बेहुलीले आत्महत्या गरेपछि..............

झापाः बिहे हुन तीन दिनअघि शनिअर्जुन नगरपालिका–४, लक्ष्मीपुरकी बेहुली कल्पना घिमिरेले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

माइतीघरबाट अन्मेर पतिको घर जान लागेकी २१ वर्षीया घिमिरे रेडियो सन्देश, सुरुङ्गाकी पूर्व कार्यक्रम सञ्चालिका हुन् ।


कनकाई नगरपालिका–१, सुरुङ्गाका एक युवकसँग घिमिरेको माघ १७ गते बिहे हुने निश्चित भएको थियो । केही दिनअघि फूलमाला समेत गरेका दुवै परिवारले आफन्त र छिमेकमा निम्तो कार्डसमेत बाँडिसकेका थिए ।

सोमबार दिनभर बिहेका कपडा किनमेल गरेकी घिमिरे मंगलबार बिहान ४ बजे शौचालय जान्छु भन्दै घर बाहिर निस्किएकी थिइन् ।

शौचालय गएकी छोरी लामो समयसम्म नफर्केपछि हेर्न जाँदा घर छेउकै एक कुनामा सलको पासो लगाई झुण्डिएको अवस्थामा उनी फेला परेको आमा मञ्जुु घिमिरेले बताइन् । मृतक घिमिरे मनकमना कलेज विर्तामोडमा बीएमा अध्ययनरत थिइन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget