यस्ता पुरुषप्रति छिटो आकर्षित हुन्छन् महिला

महिला पुरुषलाई आकर्षित गर्न सँधै सचेत हुन्छन् । स्त्रीहरु सुन्दरताप्रति धेरै नै संवेदनशील हुन्छन् । भन्ने गरिन्छ स्त्रीमा सुन्दरता र पुरुषमा ब्यक्तित्व हेरिन्छ ।

तर महिलाले पनि पुरुषको लुकमा ध्यान दिने पछिल्लो अध्यनले देखाएको छ ।  खासमा महिला के चाहन्छन् भन्ने विषयमा पुरुषहरु सँधै अलमलमा हुन्छन् ।







अष्ट्रेलियामा गरिएको एक शोधले अलि फरक पहिरन र लुक भएका पुरुषप्रति स्त्रीहरु बढी आकर्षित हुने देखाएको छ ।

अधिकाँश पुरुष क्लिन शेभन अर्थात दाह्री काटेका भएको ठाउमा महिलाले दाह्री भएका पुरुष मन पराउने अध्यनको निष्कर्ष छ । त्यसको विपरित दाह्री भएका पुरुषको बाहुल्यता भएको ठाउँमा भने दाह्री काटेका पुरुषको आकर्षण बढी हुने देखिएको छ ।

खासमा अनौठो कुरा त के भने अध्यनका क्रममा आफ्नो लुकमा कम ध्यान दिने पुरुषमा बढी महिला आकर्षित हुने समेत तथ्य फेला पर्यो ।

शोधकर्ताहरुले अग्लो उचाइ भएका पुरुषप्रति महिलाको आकर्षण बढी हुने तथ्य पनि फेला पारे ।



आफुले चिनेको अनुहार भन्दा फरक देखिने पुरुषप्रति महिलाको आकर्षण बढी हुने पनि अध्ययनले देखाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget