प्रचण्डमाथि झलनाथको आरोप

१४ माघ, काठमाडौं ।


नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भिर आरोप लगाएका छन् । उनले एमाओवादी नेतृत्व र मधेसी नेताहरुले जातीय राज्यको कुरा गरेर देश विभाजन र विखण्डन गर्न खोजेको आरोप लगाएका हुन् ।



नेता खनालले एमाओवादी नेतृत्वको मोर्चाले देश विखण्डन हुने खालका अडान राखेकाले माघ आठ गते संविधान आउन नसकेको आरोप पनि लगाए ।

बुधबार विहान आफ्नै निवासमा सञ्चारकर्मीहरुको भेटमा नेता खनालले संविधान निर्माणको प्रक्रिया अघि बढिसकेकाले जस्तो सुकै वाधा अड्चन आए पनि देश र जनताका पक्षमा संविधान जारी गरेरै छाड्ने दाबी गरे ।


एक अर्को प्रसंगमा नेता खनालले नेपालको संविधान नेपालीले नै बनाउने भन्दै आन्तरिक मामिलामा हस्तक्षेप नगर्न वैदेशिक शक्तिलाइ आग्रह पनि गरे ।

नेता खनालले पछिल्लो समय संविधान जारी गर्ने विभिन्न देशका आज विहान आफ्नै निवासमा सञ्चारकर्मीहरुसँको भेटमा नेता खनालले संविधान निर्माणको प्रक्रिया अघि बढिसकेकाले जस्तो सुकै वाधा अड्चन आए पनि संविधान जारी गरेरै छाड्ने दाबी गरेका हुन् ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget