२०७१ माघ
‘एक्सनस्टार’ अक्षय कुमारले एक चलचित्रका लागि ५० करोड पारिश्रमिक मागेका छन् । पछिल्लाेे समय ऋतिक रोशनले हिन्दी चलचित्र ‘मोहनजोद्डो’मा काम गर्नका लागि ५० करोड पारिश्रमिक माग गरेका थिए ।
अक्षयले ५० करोड माग गरेपछि उनी पनि महंगो नायकको सुचीमा दरिएका छन् । अक्षय कुमार अभिनित फिल्म ‘हेराफेरी’ को तेस्रो श्रृङ्खला बन्ने तयारीमा छ । सोही चलचित्रका लागि उनले ५० करोड मागेको अनुमान गरिएको छ ।
अक्षयले ५० करोड मागेकै कारण उनको ठाउँमा जोन अब्राहम र अभिषेक बच्चनले अभिनय गर्ने पक्का भएको छ ।
Post a Comment