कुरो बुझ्नै गाह्रो,बन्दलाई प्रहरीको समर्थन ?

२८ पुस, नारायणगढ, चितवन ।
एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाको बन्दलाई नेपाल प्रहरीको समर्थन रहेको जस्तो ब्यवहार नारायणगढमा देखिएको छ । सडकमा बन्दकर्ता छैनन् तर प्रहरीले गाडी चल्न दिएको छैन ।
चितवनमा गाडी चलेपनि नवलपरासीमा चलेका छैनन् । प्रहरीले काठमाडौंबाट गएका गाडीलाई गैंडाकोट वारी नै रोकेर अघि बढ्न दिएको छैन ।पुलिसको रोकावटका कारण काठमाडौंबाट गएका नारायणी वारी थुप्रिएका छन् भने अन्यत्रबाट विपरित दिशामा आइरहेका गाडी चाँहि चल्नै सकेका छैनन् ।५-७ जना बन्दकर्ता कताकता देखिन्छन् तर प्रहरी नै बन्दकर्ता नै बनेका छन् ।एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दका कारण आज मुलुकका बिभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।
मोर्चाले घोषणा गरेका थारुवान, अवध, मधेश, भोजपुरा, मिथिला लगायत बन्दका कारण तराइका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget