गर्भधारण हुदैन भन्ने गलत धारणा

यौनसंपर्कको तरिका, समय तथा यौनसंपर्कको अघि वा पछि गरिने विभिन्न क्रियाकलाप आदिलाइ लिएर गर्भधारण हुन्छ या हुन्छ भन्नेमा विभिन्न गलत धारणा रहिआएको पाइन्छ।


स्वास्थ्य तथा यौन शिक्षाको कमी तथा अरुका तथ्यहिन कुरा सुन्ने र त्यहि पालाना गर्ने हाम्रो बानीले पनि यस्ता धारणाहरु फैलिरहेका छन्।
केहि चलिआएको गलत धारणालाइ तल प्रस्तुत गरिएको छ।






१. यौनसंपर्कको गर्नु अगाडी हस्तमैथुन गर्नाले

धेरैको यस्तो सोचहुन सक्छ कि, यौनसंपर्क अगाडी हस्तमैथुन गर्नाले यौनसंपर्कको विर्य कमहुन्छ अनि गर्भधारण हुने सम्भावना कम हुन्छ। यो सरासर झुठो कुरा हो। गर्वभति हुन पुरुषको केवल एक शुक्राणु चाहिने हुन्छ, जब महिलाको यौनि भित्रै विर्य स्खलन हुन्छ, तब धेरै र थोरैको कुरा हुदैन, गर्भधारण हुने सम्भावना रहन्छ नै।


२. यौनसंपर्क गर्दाको स्थिति र पोजिसन

यौनसंपर्क गर्दाको स्थिति र पोजिसनले गर्भधारण गराउने, नगराउने मा कुनै भुमिका खेल्दैन्। त्यसैले यो नसोच्नुहोस कि कुनै यस्तो पोजिसन वा स्थिति छ, त्यसरि यौनसंपर्क गर्दा गर्भधारण हुदैन। यो गलत हो।

३. स्खलित हुने बेला पुरुषले लिंग योनीबाट बाहिर निकाल्नु

स्खलनको समयमा योनीबाट लिंग बाहिर निकालि बाहिरनै स्खलित हुदा केही कम सम्भावना रहन्छ तर यो विधिमा धेरैनै जोखिम रहन्छ। यो विधि अपनाउदा पनि २२ प्रतिशत गर्भधारणको रहन्छ। कुन बेला स्खलन हुन्छ भन्ने कुरा थाहा पाउन नसक्दा वा हतार हतारमा भित्रनै स्खलित हुने सम्भावना हुने हुदा यो विधि पनिले पनि गर्भधारण गराउन सक्ने हुन्छ।

४. यौनसंपर्क पछि उफ्रदा 
यौनसंपर्क पछि गर्भधारण नहोस भन्नको लागि महिला साथीलाई उफ्र भन्नु बुद्धिमानी हैन। एक चोटी पुरुषको विर्य योनी भित्र गएपछि उफ्रेर बाहिर निस्कने हुदैन । योनी यौनसंपर्कको बेला खुल्ने तथा खुम्चने गर्छ। यो प्रक्रिया विर्यलाई अण्डकोषसम्म पुग्न सजिलोहोस भन्नको लागि हो। यौनसंपर्क भइसकेपछि कुनै तरिकाले पनि विर्य योनीबाट निकाल्न प्रयास गरेता पनि केहि विर्य पहिले नै धेरैनै भित्र गइसेकेको हुन्छ जुन गर्भधारणको कारक बन्न सक्छ।

५. पहिलो पटक यौनसंपर्क गर्दा गर्भधारण हुदैन

पहिलो पटक होस या दोस्रो पटक, एकपटक रजस्वला भएपछि महिलाको शरिर गर्भधारणको लागि तयार भइसकेको हुन्छ। त्यसैले पहिलो पटक यौनसंपर्क गर्दा गर्भधारण हुदैन भन्नु गलत हो।


६. रजस्वला भइरहदा यौनसंपर्क गर्दा गर्भधारण हुदैन

रजस्वला भइरहदा यौनसंपर्क गर्दा गर्भधारण हुदैन भन्नु सतप्रतिशत सहि होइन। रजस्वला हुदा पनि गर्भधारण हुने सम्भावना रहन्छ। सामान्यतया जब रजस्वला चलिरहेको हुन्छ तब महिला शरिरमा ओवा बनेको हुदैन। यदि यस्तो अवस्था हो भने गर्भधारण हुदैन। तर असामन्य रजस्वला चक्र छ भने यो कुरा ठम्याउन गाह्रो हुन्छ। शुक्राणु महिला शरिरमा ५ दिन सम्म जिवित रहन सक्छ र यदि शुक्राणु जिवित हुदा नै ओवा तयार भयो भने यौनसंपर्कको केहि दिन पछि पनि गर्भधारण हुने सम्मावना प्रवल रहन्छ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget