कट्रिना भन्छिन :लुकेर होइन सबैको सामुन्ने बिहे गर्छु

बलिउड नायिका कट्रिना कैफले नायक रणवीर कपुरसँग आफ्नो इन्गेजमेन्ट नभएको स्पष्टिकरण दिएकी छन्।

हालै उनले लण्डनमा रणवीरसँग इन्गेजमेन्ट गरेको भन्दै उनको हातको औठीसहित खबर आएको थियो। कैफले आफूले लगाएको औंठी इन्गेजमेन्ट रिङ नभएको बताएकी हुन्।

उनले इन्गेजमेन्ट र बिहे  विदेशमा लुकेर नगर्ने बरु सार्वजनिक कार्यक्रम गरेर गर्ने पनि बताएकी छन्। बलिउड नायिका दीपिका पादुकोणले केहीसमय अघि कैफलाई रणवीरसँग विहे नगर्न सुझाव दिएकी थिइन।

रणवीरका आमाबुवाले पनि कट्रिना र रणवीरको सम्बन्धलाई स्वीकृति दिएपनि यो जोडीको लगनगाँठो कस्ने दिन भने अझै निश्चित भइसकेको छैन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget