आगामी सोमबार वर्षकै सबैभन्दा दिक्कलाग्दो दिन

२०७१ माघ ४ गते
यो वर्ष सन् २०१५ को सबैभन्दा बेखुस दिनको रुपमा जनवरी १९ लाई घोषणा गरिएको छ । आगामी सोमबार, जनवरी १९ लाई ‘निलो सोमबार’ को रुपमा घोषित गर्दै यो दिन वर्षकै सबैभन्दा बेखुस दिन हुने बताइएको छ ।
विज्ञहरुले आगामी सोमबारलाई वर्षकै सबैभन्दा दिक्कलाग्दो दिनको रुपमा भविष्यवाणी गर्नुमा केही तर्कहरु पेश गरेका छन् ।
मौसमी अवस्था, ऋणको अवस्था, क्रिसमसको दिनदेखिको दूरी, उत्प्रेरणाको तह न्यून हुने तथा कुनै काम गर्न आवश्यक रहेको भन्ने सोँचाइ लगायतका कारणले गर्दा जनबरी १९ मानिसहरुका लागि सबैभन्दा कम खुसीको दिन रहने बताएका छन् ।
डेलीस्टारका अनुसार जनवरीको तेश्रो हप्ताको सुरुवात क्रिसमसको खुसियाली भर्खरै सकेका मानिसहरुका लागि सबैभन्दा तनावपूर्ण समय बन्दछ ।
यो दिक्कलाग्दो दिनमा चुरोट छाडेकाहरुले समेत फेरि धुमपान गर्न थाल्ने, आफ्नो जिवनसाथीसँग रमाइलो गरि भर्खरै चाडपर्व मनाएकाहरुले समेत डिभोर्सका विषयमा सोँच बनाउने र मानिसहरुमा आत्महत्याको भावना समेत आउने चेतावनी विज्ञहरुले दिएका छन् ।
बेलायतको डायटिक एसोसिएसनका विज्ञहरुले ब्लु मण्डेको डिप्रेसनबाट मुक्ति दिलाउने उपायको रुपमा खानाका पारखीहरुलाई विभिन्न खानाका आइटम सिफारिस गरेका छन् ।
निलो सोमबारको दिन वातावरण समेत उजाड लाग्दो हुने र मानिसहरुमा डिप्रेसनको तह उच्च हुने भएकाले मस्तिष्कमा सेरोटोनिन हर्मोनको प्रवाह बढाएर मूड फ्रेस गर्नका लागि कार्बोहाइड्रेट र प्रोटिनयुक्त खानेकुरा पर्याप्त खान विज्ञहरुले सुझाव दिएका छन् । त्यस्तै थकान तथा दिक्कपना हटाउनका लागि कफी, कोक तथा इनर्जी डि्रंक्सको सेवन पनि लाभदायी हुने विज्ञहरुको सुझाव छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget