यसरी जोगाउनोस् किड्नी नत्र लाखौं खर्चले पुग्दैन

काठमाडौं । हाम्रो भित्री अंग मुटु र किड्नी अति संवेशनशिल अंगहरु हुन् । यी दुई अंगहरुबीच एकआपसमा परस्पर सम्वन्ध पनि छ । मुटुमा रोग लाग्दा किड्नी पनि खराब हुन सक्छ । मुटुको भल्बले फालेको रगत किड्नीले सफा गरी शरीरका अन्य भागहरुमा पु¥याउँछ । शरीरमा किड्नी २ वटा हुन्छ, एउटा किड्नीले काम नगर्दा अर्कोको सक्रियता बढ्छ । त्यसकारण मुटुलाई बचाउन सक्नु पनि धेरै हदसम्म किड्नीको खराबीबाट मुक्ति पाउनु पनि हो । त्यसकारण मुटुलाई जोगाउन उच्च रक्तचाप क मगर्ने, बेलाबेलामा शारिरीक अभ्यास गर्ने, फलफूल सागपात र पानी प्रयाप्त सेवन गर्नेजस्ता कुरामा पनि ध्यान दिनु जरुरी छ, यसले मुटु मात्र होइन तपाईको किड्नीलाई पनि राम्रो गर्दछ । बिचौं भागमा पेटमुनी कम्मरको भागमा हुने किड्नी सानो आकारको हुन्छ ।
किड्नीले भिटामिन डी उत्पादन गर्ने, रक्तचाप नियन्त्रण गर्ने, खराब पदार्थलाई बाहिर फाल्नेजस्ता अति जटिल क्रियाकलपाहरु ग्रिरहेको हुन्छ । यसको महत्व अधिक छ । त्यसकारण यसलाई बचाउन निम्न उपायहरु ग्र्नु जरुरी छ ।
पत्थरी पर्दा किड्नी फेल हुन सक्छ । पत्थरी ठूलो हुँदा पिसाव रोकिन सक्छ, यसले गर्दा किड्नी सीधै फेल हुन्छ । त्यसकारण पत्थरी पर्न नदिनका लागि प्रयाप्त पानी पिउने, फलफूल र सागसब्जी खाने गर्नुपर्छ । यदि पत्थरी सानो आकारको जमिसकेको भएमा  त्यसलाई तुरुन्त डाक्टरको सल्लाहबमोजिम हटाइ हाल्नुपर्छ । ६ मिमि.भन्दा सानो आकारको पत्थरी भएमा त्यो पिसावबाट निकाल्न सकिन्छ नत्र अपरेशनको आवश्यकता पर्न सक्छ ।
त्यस्तै ब्लड प्रेसर नियन्त्रण गरिराख्नु पनि किड्नी बचाउने उपाय हो । यसका लागि बढी नूनयुक्त खाना सेवन नगर्ने, बढ्ता प्र्रोटिन र चिल्लोयुक्त खाना नखाने, प्रयाप्त शारीरिक व्यायाम गर्ने गर्नुपर्दछ ।
ब्जारमा पाइने पेन किलर, निद्रा लाग्ने औषधी तथा मदिरा सेवनबाट टाढा रहनुपर्दछ । यसले पनि किड्नीलाई खराब गर्नबाट बचाउँछ ।
त्यस्तै यूरिक एसिड, दम र सुगरजस्ता रोगहरुबाट टाडा हुनुपर्छ । यदि त्यो रोग शरीरमा लागेको भएमा तुरुन्त उपचार गराइहाल्नुपर्छ । अन्यथा त्यसबाट किड्नी फेल हुन सहयोग पुग्छ ।
प्छिल्ःलो पटक किड्नी फेल हुने क्रम नेपालीहरुमा बढ्दै गएको छ । किड्नी फेल हुँदा गरिब जनताले उपचार गर्न सक्दैनन् । यसको उपचार खर्च निकै महंगो छ । किड्नी फेर्नका लागि लाखौं रकम खर्चिनुपर्छ र स्वदेशमा प्रयाप्त सम्भव छैन । त्यसकारण समयमै किड्नी फेल हुनबाट बच्नु नै बुद्धिमानी हो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget