फेसबुक अब तपाईंको साथीभन्दा माथी

क्याम्ब्रिज युनिभर्सिटी एवं स्ट्यानफोर्ड युनिभर्सिटीका अध्ययनकर्ताहरुले एउटा यस्तो उपकरणको विकास गरेको छ जसले फेसबुकमा तपाईंले कुनै पनि स्टेटसमा गर्नुभएको ‘लाइक’ लाई विश्लेषण गरि तपाईंलाई तपाईंका साथीहरुभन्दा राम्रो तरिकाले पहिचान गर्ने गर्दछ ।
नवविकसित उपकरणले सोसल नेटवर्किङ वेभसाइट फेसबुकमाथि कुनै पनि व्यक्तिले गरेको ‘लाइक्स’ को विश्लेषण गरेर उक्त व्यक्तिको व्यक्तित्वको बारेमा परिवार तथा साथीहरुभन्दा सटिक आँकल गर्ने अध्ययनकर्ताहरुले पत्ता लगाएका छन् । क्याम्ब्रिज साइकोमेट्रिक केन्द्रका वू यु का अनुसार भविष्यमा कम्प्युटर हाम्रो मनोवैज्ञानिक लक्षणका अनुमान लगाएर त्यसअनुसार प्रतिक्रिया दिनमा सक्षम हुनेछ जसको मद्दतले भविष्यमा यस्तो यन्त्रको निर्माण गर्नए सकिनेछ जसले अत्यधिक जानकारी भएको र सामाजिक कुशलताबाट परिपूर्ण हुनेछ । इन्डिपेन्डेन्टका अनुसार शोधकर्ताले आफ्नो अध्ययनमा फेसबुकमाथि ८६,००० स्वयंसेवी सहभागीको नमूना प्रयोग गरेको थियो । सहभागीबाट ‘माइएप’ को सहयोगले १०० भन्दा बढि व्यक्तित्व सम्बन्धि प्रश्नहरु सोधिएको थियो । उक्त अनुसन्धानबाट शोधकर्ताहरुले कम्प्युटर मोडल अर्थात त्यसद्वार विकसित उपकरणले व्यक्तिको १० लाइकको विश्लेषण गरेर उक्त व्यक्तिको व्यक्तित्वको आँकलन गरेर उनका सहकर्मीहरुभन्दा बढि सटिक हुनसक्छ भने ७० लाइको विश्लेषण गरेर व्यक्तिको साथीहरुभन्दा बढि सटिक आँकल गर्न सक्छ । १५० देखि ३०० भन्दा बढिको लाइकको विश्लेषण गरेर नातेदार वा जीवनसाथीभन्दा बढि सटीक आँकलन गर्न सक्षम हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget