के साँच्चै जमाना बदलिएको हो ? या निकै तिब्र भएको हो ? के यहाँ मल्टि–टास्किङ मानिसको बढी माग छ या मानिसहरु स्वयम मल्टि–टास्किङ हुन मन पराउछन् ?
हुन सक्छ, तपाईमा कुनै मिटिङका क्रममा मोबाइलमा म्यासेज पढ्ने बानी छ । यो पनि हुन सक्छ कि तपाई बजार जानु भएको छ र किनमेलका क्रममा बैंक ब्यालेन्स चेक गरिरहनु भएको छ । तर, के तपाई सेक्स गर्ने समयमा पनि फेसबुक पनि चेक गर्नुहुन्छ ?
यसमा तपाईको जवाफ हुन सक्छ–पागल भयौ कि क्या हो यार ! तर कण्डम उत्पादन गर्ने कम्पनी ड्युरेक्सले जुन सर्भे गरायो, त्यसमा ५ प्रतिशत मानिसले सेक्सका समयमा पनि फेसबुक चेक गर्ने गरेको स्वीकार गरेका छन् । त्यति मात्र होइन, १२ प्रतिशतले त सेक्सका क्रममा फोन कलको जवाफ पनि दिएको बताए । १०० मध्ये १० जनाले त सेक्स गरिरहँदा टेक्स्ट म्यासेज पनि पढ्ने गरेका थिए ।
यो सही हो कि फोन कल र म्यासेज कहिलेकाहिँ यति अर्जेन्ट आउँछन् जसको जवाफ दिनु जरुरी हुन्छ । सेक्सका क्रममा पनि यस्तो काम गरिन्छ भने त्यो पनि आश्चर्यको कुरा भएन । तर, फेसबुक ! यो त कुनै सिरियस प्लेटफर्म पनि होइन, न त यो तपाईको जिन्दगीसँग जोडिएको कुनै महत्वपूर्ण काम नै हो। जुन अपडेट सेक्सपछि पनि हेर्दा केही फरक पर्दैन । तैपनि मानिसहरुको फेसबुक लतले यो सब भइरहेको अध्ययनको ठहर छ । एजेन्सी
Post a Comment