बन्दको प्रतिकारमा उत्रेकालाई लखेट्न गएका प्रचण्ड पुत्र प्रकाशले खाए प्रहरीको लाठी

काठमाण्डु, ६ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहाललाई प्रहरीले लाठी हानेको छ ।
प्रहरीको लाठीबाट प्रकाश सामान्य घाइते भएका छन् । उनको ढाडमा निलडाम बसेको छ । ३० दलीय मोर्चाको बन्दका क्रममा प्रहरीले उनीमाथि माइतीघर मण्डलामा मंगलबार लाठी हानेको छ ।
बन्दको प्रतिकारमा उत्रिएकाहरुलाई बन्दकर्ताले लखेटेपछि भएको झडपमा आफूमाथि प्रहरीले लाठी हानेको प्रकाशले बताए ।
‘बन्द शान्तिपूर्ण रुपमा अघि बढेका बेला सरकारले भिजिलान्ते खटाएर प्रतिकारमा उता¥यो’, प्रकाशले भने, ‘हामीले उनीहरुलाई लखेट्ने क्रममा प्रहरीले मलाई लाठी प्रहार ग¥यो ।
उनले प्रतिकारमा उत्रेकाहरुलाई सुरक्षा दिने प्रहरीले आफूमाथि लाठी हानेको आरोप लगाए । प्रकाशले आफूलाई दुई लाठी हानिएको जनाए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget