मध्यरातदेखि संविधानसभाको बैठक सुरु

काठमाडौं, माघ ५– नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा संविधानसभाको  बैठक अहिले जारी रहेको छ । संविधानसभा कार्य व्यवस्था समितिको बैठक  सकिलगत्तै संविधानसभाको बैठक सुरु भएको हो । मध्यराती १२: ३० बजे बजेदेखि सुरु भएको ‌संविधानसभाको बैठकमा एमाओवादी सभासद डा बाबुराम भट्टराईले
स‌विधानसभाको बैठकमा जवाफ दिइरहेका छन् । उनले प्रस्तुत गरेको स‌वाद समितिको प्रतिवेदनमा उठेको प्रश्नहरुको जवाफ दिएका हुन् । त्यसपछि संविधानका विवादित विषयमा प्रस्ताव निर्माण समिति गठन गरियोस् भनी कांग्रेसका मुख्य सचेकतक चीनकाजी श्रेष्ठले प्रस्ताव राख्ने भएका छन्। संविधानसभा सचिवालयले तयार पारेको कार्यसूची अुनसार संवाद समितिको प्रतिवेदनमाथि सभापति बाबुराम भट्टराईले जवाफ दिएपछि सभाध्यक्षले श्रेष्ठलाई नियम ९१ अनुसार प्रस्ताव निर्माण समिति गठन गर्न अनुमति दिनेछन्। उक्त प्रस्तावलाई एमाले प्रमुख सचेतक अग्नीप्रसाद खरेलले समर्थन गर्नेछन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget