यो जान्ने चाहना सबैको हुनु स्वभाविकै हो । विश्वको सबैभन्दा शक्तिशाली देशका सबैभन्दा विशिष्ठ मानिसले बोक्ने मोबाइल फोनको लुक्स मात्र होइन सुरक्षा फिचर्स समेत लरतरो हुने कुरै भएन । उनको मोबाइल फोनमा कस्ता कस्ता सेक्युरिटि फिचर्स होलान् त ?
ओबामाले सायद अमेरिकी कम्पनी एप्पललको सबैभन्दा सुरक्षित मानिएको आइफोन नै बोक्छन् होला भन्ने अनुमान धेरैको हुन्छ । तर होइन, ओबामाले ब्लाकबेरी कम्पनीको मोबाइल फोन चलाउँछन् ।
ओबामाले पछिल्लो एकदशक यता ब्लाकबेरीको मोबाइल चलाउँदै आएका छन् । ह्वाइटहाउस भित्र होस् वा बाहिर उनले ब्लाकबेरी नै प्रयोग गर्ने गर्छन् । उनले प्रयोग गर्ने ब्लाकबेरी फोनको विशेषता यस्ता छन्-
१. विश्वका सबैभन्दा शक्तिशालीमध्येका एक तथा निकै संवेदनशील मानिसको रुपमा रहेका ओबामाको लागि मोबाइल सेक्युरिटीको कुरा गर्दा केवल पासवर्ड मात्र पर्याप्त हुने कुरै भएन । यस्ता व्यक्तिको फोनलाई ह्याकरहरुले निसाना बनाइरहेका हुन्छन् र त्यसबाट धेरै खाले सूचना चोरि गर्ने जोखिम हुन्छ ।
ओबामाले एक दशक भन्दा धेरै समयदेखि ब्लाकबेरीको प्रयोग गरिरहेका छन् । तथापि सन् २००८ मा राष्ट्रपति बनेपछि केही समयका लागि उनले सेक्टेरा एज फोन प्रयोग गर्नुपर्यो जुन अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीले विशेष रुपले ओबामाकै लागि भनि डिजाइन गरेको थियो । तर, ओबामाले केही समयपछि नै ब्लाकबेरीको स्मार्टफोन लिएर उक्त सेक्टेरा फोन प्रयोग गर्न छाडे । उक्त ब्लाकबेरी फोनमा सेक्योर भ्वाइस नामको विशेष सेक्योरिटी सफ्टवेयर इन्स्टल गरिएको थियो । सो सफ्टवेयर समेत अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले नै तयार गरेको हो ।
२. ओबामाका लागि ल्याइएको ब्लाकबेरी फोनमा कम्पनीले राखेका सबै फिचर्सहरु हटाइएको थियो, ता की उक्त फोनका विद्यमान फिचर्सका आधारमा ह्याकरले ओबामाको फोनलाई ह्याक गर्न नसकोस् । ओबामाले प्रयोग गर्ने मोबाइल फोनमा कुनैपनि गेम एप्लिकेसन छैन । त्यसका साथै उक्त मोबाइलमा सेल्फी क्यामरा र टेक्स्ट म्यासेज पठाउने सुविधा पनि छैन । यद्यपि यसमा उच्चस्तरीका गोप्य म्यासेज डिकोड गर्ने फिचर्स भने भएको बताइन्छ ।
५. राष्ट्रपतिको लिमोजिन कार र जहाजमा समेत यो उपकरण राखिएको हुन्छ । यो स्टेशन वासिंटनको एक गोप्य स्याटेलाइट लिंकबाट जोडिएको हुन्छ । -टाइम्स अफ इण्डियाको सहयोगमा
Post a Comment