कांग्रेस एमालेसहित सत्तारुढ दलका सभासदरुलाई मंगलबार संयुक्तरुपमा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले योबेला जोशमा होइन, संयममा काम गर्नुपर्ने बताए ।
‘त्यो बेला मलाई त जोश आएको थियो भने तपाईहरुमा कस्तो जोश थियो होला मलाई थाहा छ’ प्रधानमन्त्री कोइरालाले छलफलमा भने ‘तपाईहरुको संयम र धैर्यको म प्रशंसा गर्छु, किनकि हाम्रो काँधमा जिम्मेवारी थियो’ ।
प्रधानमन्त्री कोइरालाले संविधानसभा अध्यक्ष सुवास नेम्वाङजस्तो भद्र र तटस्थ व्यक्तिमाथि समेत आक्रमण गर्न खोज्नुले एमाओवादीको नियत प्रष्ट भएको बताएका छन् ।
सभासदहरुलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सभासदहरुलाई सयंमित र जिम्मेवार भूमिकामै प्रस्तुत हुन निर्देशन दिए ।
‘हामी उनीहरुजस्तो जंगली र बर्बररुपमा प्रस्तुत हुन सक्दैनौं’ ओलीले भने ‘हामी जिम्मेवारी र संयमताका साथ अघि बढ्नुपर्छ, संविधान जसरी पनि दिने हो’ ।
ओलीले कांग्रेस र एमालेको गठबन्धन टुटाउन एमाओवादीले खेल्न खोजे पनि त्यो सफल हुन नदिइने बताए ।
नेताहरुले संयमित र धैर्य भएर संविधान निर्माणको प्रक्रियामा अघि बढ्न सभासदहरुलाई आग्रह गरेको बैठकमा सहभागी एमाले सभासद यज्ञराज सुनुवारले बताए ।
Post a Comment