नेपाली युवकलाई जापानको उच्च सम्मान

काठडमाडौं,माघ १० – आफ्नै ज्यान जोखिममा पारी एउटी जापानी युवतीको जीवन बचाएको कदरस्वरूप नेपाली युवक अनुजराज कार्कीलाई जापान सरकारले उच्च सम्मान प्रदान गरेको छ।
जापानी प्रधानमन्त्री सिन्जो आवेले शुक्रबार टोकियोस्थित आफ्नै कार्यालयमा आयोजित एक विशिष्ट कार्यक्रममा कार्कीलाई ‘द मेडल विथ रेड रिबन’ले सम्मान गरेका हुन्। यो मेडल आफ्नो जीवन जोखिममा राखेर अरूको जीवन बचाउने व्यक्तिलाई प्रदान गर्ने गरिएको जापान सरकारको आधिकारिक वेबसाइटमा उल्लेख छ।

सम्राट् अकिहितोको ‘आदेश’ मा जापानी मन्त्रिपरिषद्ले कार्कीलाई उक्त सम्मान प्रदान गरेपछि प्रधानमन्त्री आवेले शुक्रबार उनलाई व्यक्तिगत रूपमा भेटी विभूषणको प्रशंसापत्र हन्तान्तरण गरेका हुन्।
कार्कीको अतुलनीय साहसको प्रशंसा गर्दै जापान सरकार र त्यहाँका जनताका तर्फबाट प्रधानमन्त्री आवेले दिएको प्रशंसापत्रमा ‘असाधारण साहसिक कार्य गरी जापानी नागरिकको जीवनरक्षा गरेकाले जापान सरकार उच्च सम्मान व्यक्त गर्दछ’, भन्ने उल्लेख छ।
कार्कीले सन् २०१४ मे ५ को राति टोकियोको रेल्वे स्टेसनको ‘लो ट्रयाक’ मा खसेकी एउटी २१ वर्षीया जापानी युवतीको उद्धार गरेका थिए।
अचेत अवस्थामा रहेकी ती युवतीलाई सकुशल उद्धार गरेको ६ सेकेन्डमै तीव्र गतिको रेल त्यहाँबाट पास भएको थियो। ६ सेकेन्डको ढिलाइले दुवैको ज्यान जानसक्ने जोखिम मोली कार्कीले दुर्लभ साहस र मानवीय गुण प्रदर्शन गरेका थिए।
युवती बेहोस अवस्थामा रहेकोले उद्धारमा केही बढी समय लागेको र एक्लै उठाई सुरक्षित क्षेत्रमा पुःर्याउन धौधौ परेको प्राप्त सूचनामा उल्लेख छ।
युवती अचेत र उद्धारमा केही ढिलाइ हुँदा उनको कुम ‘डिसलोकेट’ भए पनि अहिले उनी पूर्णस्वस्थ छिन्। जानकार सूत्रले ती युवतीको पहिचान खोल्न चाहेन।
जापान सरकारले पनि उनको परिचय सार्वजानिक गरेको छैन। आफूलाई सार्वजानिक नगरिदिन उनले गरेको आग्रहका कारण सरकारले गोपिनीयताको हकको सम्मान गरेको बताइएको छ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget