प्रहरीको कुटाइबाट टाउकोमा चोट लागेका एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरको अबस्था सामान्य रहेको छ । संविधानसभा बैठक स्थगित भएपछि कार्यक्रमका लागि विजुलीबजारतर्फ अघि बढ्दै गर्दा प्रहरीले उनीमाथि लाठी चार्ज गरेको थियो ।
प्रहरीको लाठीचार्जबाट एमाओवादी सभासद शर्मासहित केहि कार्यकर्ताहरु घाइते भएका छन् । शर्माको टाउको फुटेको हल्ला भएपनि उनको टाउकोमा सामान्य चोेट लागेको अस्पतालले जनाएको छ । दिनभरीको झडपमा आन्दोलनकर्ताले एकदर्जनजति प्रहरीलाई घाइते बनाएका छन् । आन्दोलनका नाइके प्रचण्डलाई भने प्रहरीले सुरक्षित तवरले रेस्क्यू गरेको छ ।
Post a Comment