रोजगारीका लागि भारत जाने भन्दै हिँडेका १६ युवती बेपत्ता

७ माघ।
दलालको प्रलोभनमा परी रोजगारीका लागि भारतीय सहरमा जाने भन्दै हिँडेका १६ युवती अझै बेपत्ता छन् ।माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार सन् २०१४ मा भारतमा हराएका भनी ३३ जनाको निवेदन परेको थियो। तीमध्ये १७ जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको आवधिक गृहका संयोजक होम ढकालले जानकारी दिए ।

उनीहरूलाई भारतको दार्जिलिङ, सिक्किम, सिलिगुढीलगायतका घर तथा होटलबाट उद्धार गरी परिवार तथा अभिभावकको जिम्मा लगाएको हो। हराएकाको माइती नेपाल र माइती नेपाल सञ्जाल समूहले व्यापक खोजी गरिरहेको जनाएको छ ।अवैध नाका हुँदै रोजगारीका लागि भारत हिँडेका ३६८ जना युवतीलाई सीमाक्षेत्रबाटै परामर्श गरी घर फर्काएको छ । माइती नेपालले ६८७ जना युवतीलाई परामर्श सेवा प्रदान गरेको छ। जिल्लाका सीमावर्तीका अवैध नाकाको प्रयोग गरी दलालले किशोरीलाई भारततर्फ लैजाने गरेको माइती नेपालले जनाएको छ।जिर्मले, श्रीअन्तु, पशुपतिनगर, समालबुङ, गोर्खे, जोगमाई, माईमझुवा र मावु गाविसका चोरबाटोबाट दलालले चेलीबेटीलाई रोजगारीको प्रलोभन देखाएर भारतका विभिन्न सहर पुर्‍याउने गरेका छन्।

चेलीबेटी बेचबिखन नियन्त्रण गर्न माइती नेपालले सीमावर्ती गाविसका महिलाको नेतृत्वमा गठित सञ्जाल समूहले महिलालाई भारत नजान सुझाव दिने, गाउँमा चेलीबेटी बेचबिखनबारे जनचेतना फैलाउनेलगायतका काम गर्न सुरू गरेको ढकालले बताए । उद्धार गरिएका युवतीलाई माइती नेपालले सीपमूलक कार्यक्रम कम्प्युटर, सिलाइकटाइसम्बन्धी तालिम समेत दिँदै आएको छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget