विगतको अवस्थालाई हेर्ने हो भने नेपालमा महिला र पुरुष दुबैले विवाह गर्न केहि समय पर्खने गरेका छन् । धेरै मानिसहरुको शिक्षामा पहुँच, विश्वव्यापीकरण र मानिसहरुको अनगिन्ती इच्छा–आकांक्षले विवाह गर्ने उमेरलाई केहि वर्ष पछाडि धकेलिरहेको छ । विवाह प्रत्येक महिलाको लागि हाउगुजीको रुपमा उभिएको हुन्छ । समाजमा रहेका विभिन्न मानिसको भनाईले होस् वा उनीहरु आँखाले देखेका धटनाक्रमले नै किन नहोस्, उनीहरु सधैँ विवाहाको मामलामा त्रस्त देखिन्छन् । आखिर विवाहमा त्यस्तो के कुरा छ जसले महिलाहरुलाई एउटा डरमा राखेको हुन्छ ।
थाहा पाऔँ, महिलाको नजरमा विवाह कस्तो हुन्छः १. स्वतन्त्रता गुमाउने डरः प्रत्येक महिला आफू सिंगल हुँदा मात्र स्वतन्त्र भइने सोच्ने गर्दछन् । विवाहभन्दा अघि मात्र आफू चाहेको क्रियाकलाप गर्न सकिने उनीहरुले सधैँ सोच्ने गर्दछन् । विवाह हुने बित्तिकै आफ्नो सबै स्वतन्त्रता आफूबाट खोसिनो पिरलो उनीहरुलाई सधैँ हुने गर्दछ । आफ्नो श्रीमान्, सासू–ससूराको कुनै पनि कुरा नकाटी आफूले नचाहँदा नचाहँदै थुप्रै कुराहरु गर्नुपर्ने विवशता आइपर्ने कुरामा उनीहरुको सधैँ डराउने गर्दछन् । विवाहपश्चात् आफ्नो सबै सपना अधुरै हुने हो कि भन्ने त्रासले विवाहप्रति उनीहरुको विपरित सोच पैदा हुन पनि बेर लाग्दैन । २. ठूलो परिवर्तनको आशंकाः हामी सबैलाई थाहा भएकै कुरा हो, कुनै पनि परिवर्तन सबैको लागि सहज हुँदैन त्यसकारण महिला पनि यसबाट अछुतो रहन सक्दिनन् । त्यसकारण घर, परिवार, जीवशैली आदि कुराहरुमा परिवर्तन आउने सोचले उनी विवाह गर्न डराउँछिन् । तर विवाहसँग डराउने यी कारण सहि भने होइनन् । ३. आमाको मायाः विवाहसँग डराउनुको मुख्य कारण आमाबाट उनले पाउने अथाह माया । विवाह पछि आफ्नी आमाबाट पाइरहेको माया अरु कसैले गर्दैन भन्ने कुरा सम्झेर उनी यो सँग डराउने गर्दछिन् । ‘मैले जत्तिको माया तिमीलाई तिम्रो सासु–ससुराले गर्न सक्दैनन्’ जस्ता भनाईहरुले पनि महिलालाई विवाहदेखि डर लाग्ने गर्दछ । ४. विवाहिताका नियमः पहिलाका प्रत्येक महिलाहरु विवाह गर्ने, बालबच्चा जन्माउने, उनीहरुलाई हुर्काउने र उनीहरुकै लागि पैसा जम्मा गर्ने भन्ने आशा राख्ने गर्दछन् । तर, आजकालका महिलाहरु ‘मेरो जिन्दगी र मेरो जिउने तरिका’ लाई फलो गर्ने गर्दछन् त्यसकारण पनि महिलाहरु विवाह गर्नबाट डराउने गर्दछन् । ५. प्रतिबद्धता पूरा गर्ने डरः पुरुषहरु प्रतिबद्ध हुन डराउँछन् भन्ने आम मानिसहरुको बुझाई छ तर प्रतिबद्धता पूरा गर्न पुरुषहरुमा मात्र होइन महिलाहरु पनि डराउने गर्दछन् । केहि गर्नुभन्दा अघि यो मेरो गलत कदम नहोस् अथवा सहि निर्णय लिन नसक्दा हुन सक्ने गल्तीको बारेमा सोच्दा उनीहरुलाई विवाह गर्न नपरोस् जस्तो लाग्न थाल्दछ । ६. करियर सम्बन्धि दुविधाः धेरैजसो महिलाहरु विवाहपश्चात् आफ्नो महत्वाकांक्षा र करियर प्लान्स चौपट हुनेछ । यस्तो त्यतिबेला हुन्छ जब विवाहपछि महिलाहरु अर्को शहर अथवा अर्को देशमा सिफ्ट हुने गर्दछन् । आफूले आफ्नो करियर बनाउन गरेको दुखलाई चाँडै नै विराम लागोस् भन्ने कसैको सोच हुँदैन । ७. जिम्मेवारी बढ्नुः आमाले पकाएको खाना खाने, साथीहरुसँग घुमफिर गरेर रमाइलो गर्ने, घरको बारेमा केहि पनि चिन्ता नभएको एक महिलालाई विवाह गरेको भोलीपल्टदेखि नै घरमा सबै जिम्मेवारी दिइन्छ कि भन्ने डरले उनीहरु विवाह गर्न डराउँछन् । एउटी महिलालाई विवाहपछि सरसफाई गर्ने, खाना पकाउने र घरको सबै जिम्मेवारीहरु सुम्पिएको हुन्छ । महिलालाई यो कुरा थाहा हुन्छ कि जुनसुकै आमाले आफ्नी बुहारी कम्तीमा पनि घरको काममा दक्ष होस् भन्ने चाहेका हुन्छन् । बुहारीले आफ्नो सबै काममा आफूलाई सहयोग गरोस् भन्ने इच्छा सबै सासूको हुने गर्दछ जुन कुरा सबै महिलालाई थाहा हुन्छ र कुनै पनि महिला यो कुरामा सहज महसुस गर्दैनन् । त्यसकारण विवाहसँग डराउने गर्दछन् । ८. पूरै परिवार सँगै रहनूः नेपालमा विवाह भनेको दुई मानिसको मिलन मात्र होइन । विवाहपश्चात्, एउटी महिला बेहुलाको पूरै परिवारसँग जोडिएकी हुन्छिन् । विशेषतः सम्बन्धको एउटा ठूलै लिष्ट हुन्छ जुन हरेक नवविवाहिताले बुझ्नै पर्ने हुन्छ । आफूलाई मन नलागेको खण्डमा पनि ती भर्खरै जोडिएका आफन्तहरुसँग राम्रो व्यवहार गर्न कर लाग्छ । यो भन्दा बढि त उनी अचानक कसैको बुहारी, कसैको काकी, कसैको माइजु, कसैको भाउजु बन्ने गर्छिन् । उनलाई यी सम्बन्धहरुले मात्र डराउँदैन, विवाह पछि नयाँ मानिसहरुबिच सन्तुलन बनाउनु पनि ती नवविवाहिताको लागि चुनौती बनेको हुन्छ जसबाट उनी निकै आत्तिएकी हुन्छिन् । ९. पहिचान बदल्नुः नेपालमा महिलाको विवाहपछि उनको थर पनि परिवर्तन हुने गर्दछ । थुप्रै महिलालई यसले तनाव दिएको हुन्छ । जुन पहिचानलाई उनले वर्षौदेखि प्रयोग गर्दै आइरहेकी छिन् त्यो पलभरमै परिवर्तन होला कि भनेर थुप्रै महिलाहरु डराउने गर्दछन् ।
Post a Comment