गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज सिलान्याँस गरिँदै

भैरहवा, भैरहवामा निर्माण गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण औपचारिक काम आजदेखि सुरु हुँने भएको छ ।

बिहिबार प्रधानमन्त्री सुशील कोइरालाले नेपालकै दोस्रो ठुलो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । उक्त विमानस्थलको शिलान्यासपछि औपचारिक रूपमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुनेभएको छ । यो बिमानस्थल आगामी तीन बर्ष भित्रमा (डिसेम्बर २०१७) निर्माण सम्पन्न हुने कुरा गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजना (जिबिए) स्रोतले जनाएको छ ।


बताइए अनुसार अहिले प्रथम चरणमा विमानस्थलको तीन हजार मिटरको रनवेका साथै, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टमिर्नल भवन, टावर, प्रशासकीय भवन, आन्तरिक तथा बाह्य पेरिफेरि सडक, एअरकार्गो भवन, सुरक्षा पोस्ट भवन, विमानस्थल सडक, घाघरा नदी डाइभर्सन लगायतका भौतिक निर्माणका कामहरू गरिनेछन ।

यो विमानस्थल निर्माणका लागी चीनको नर्थवेस्ट सिभिल एभिएसन कर्पोरेसन समूहले सबैभन्दा कम मूल्यमा प्रस्ताव हालेको थियो । जसका आधारमा विमानस्थलको निर्माणकार्यको जिम्मा सोही कम्पनीले पाएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget