प्रचन्डले भने : सञ्चार माध्यममा आएजस्तो कुनै पनि सहमति भएको छैन , बन्द जारी छ

काठमाडौं माघ ५
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चार माध्यममा आएजस्तो दलहरूबीच कुनै पनि सहमति नभएको प्रष्ट्याएका छन्।
आफू नेतृत्वको ३० दलीय मोर्चासँगको संयुक्त पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन्।
‘सहमति नजिक पुगेको वा यो विषय, त्यो विषयमा सहमति भएको भन्ने समाचार सबै हल्लमात्रै हुन्’ पत्रकार सम्मेलनमा उनले भने। उनले ३० दलीय माेर्चाले भाेलि अाह्वान गरेकाे बन्द पनि जारी रहेकाे बताए। उनले संघीयतामा कुरमा मिले शासकीय स्वरुपलगायतका विषयमा अाअाफ्नाे कुरा लिएर जनतामा जान सकिने पनि उनले बताए।
भाेलिकाे बन्दबारे जानकारी दिनका लागि माेर्चाले अाज पत्रकार सम्मेलन गरेकाे थियाे। त्यहाँ बाेल्दै प्रचण्डले विगतका सहमति, सम्झाैताहरु लागु गराउनका लागि दबाब दिन बन्द अाह्वान गरिएकाे पनि बताए।
'सत्त्तारुढ दलहरु सहमतिदेखि टाढिन खाजेका कारण उनीहरुलाई दबाब दिन बन्द अाह्वान गरिएकाे हाे' उनले भने 'बन्द सफल पार्नका लागि सबैलाई अनुराेध पनि गर्दछु।'
माअाेवादी नेतृत्वकाे ३० दलीय माेर्चासहित माेहन वैद्य नेतृत्वकाे माअाेवादीले संयुक्त्तरुपमा मंगलबार देशव्यापी अामहड्ताल अाह्वान गरेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget