गुगलले ल्याउने भयो टुक्राउन मिल्ने फोन

कुविक एनपी न्युज
माघ  : गुगलले यसवर्ष टुक्राउन मिल्ने मोबाइल फोन बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ । आवश्यकता अनुसार यो मोबाइलमा जुनसुकै पुर्जा जस्तै स्क्रिन, प्रोसेसर बदल्न सकिने गुगलले जनाएको छ । यसमा क्यामरा, स्पिकर, ब्याट्री, डिस्प्ले, एप्लिकेशन प्रोसेसर, वायरलेस कनेक्टिभिटी, बल्ड सुगर मोनिटर, लेजर प्वाइन्ट, पिको प्रोजेक्टर तथा मोबाइलका सबै पाटपुर्जा चुम्बकले जोडिएको हुनेछ र यसलाई परिवर्तन गर्न सकिनेछ ।

 यो मोबाइलमा थ्री जी मोडम हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टुक्राउन मिल्ने मोबाइल मर्मत गर्न सस्तो पर्नेे साथै ग्राहकले आफ्नो रुची अनुसार पाटपुर्जा फेरेर प्रयोग गर्न सक्नेछन् ।
अहिले स्मार्ट फोन नभएका व्यक्तिका लागि लक्षित गरेर यो फोन सार्वजनिक गर्न लागेको कम्पनीले जनाएको छ । यो मोबाइल सबैभन्दा पहिले प्युर्टो रिकोको बजारमा परीक्षणका रुपमा उतार्ने कम्पनीको योजना छ ।
 एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget