धुमपानको लतबाट छुटकारा पाउन रगत जाँच महत्वपूर्ण हुने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार रगत जाँचपछि धुमपानको लतबाट छुटकारा पाउन कुन विधि अपनाउँदा उपयुक्त हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।
बेलायती मेडिकल जर्नलमा प्रकाशित शोधले धुमपान छोड्ने ६० प्रतिशतले एकहप्ता भित्रै फेरि धुमपान गर्ने गरेका देखाएको बिबिसीले जनाएको छ । अनुसन्धानकर्ताले चुरोटमा निकोटिनको मात्रा घटाउन सके धुमपानको लतबाट धेरैलाई छुटाउन सकिने बताएका छन् ।
निकोटिन, चुरोटमा सबैभन्दा धेरै लत लाग्ने तत्व हो । जब शरीरमा यसको मात्रा कम हुन्छ, तब निकोटिन थप आवश्यक्ता परेको महसुस हुने र चुरोट खान तलतल लाग्ने अध्ययनले देखाएको छ । निकोटिनको चाहना व्यक्ति अनुसार फरक फरक हुने पनि अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताले १ हजार २ सय ४० जनामा अध्ययन गरेपछि यस्तो प्रतिवेदन सार्वजनिक गरेका हुन् । उनीहरुले अध्ययनमा सहभागी सबैको रगत परीक्षण गरी निकोटिनका बारेमा जानकारी लिएका थिए ।
Post a Comment