अमेरिकामा एक नेपालीको मृत्यु
नेपाल नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षीय बिष्णुहरि भण्डारी आफ्नै डेरामा मृत भेटिएका छन्। उनको वुडब्रिजस्थित आफ्नै डेरामा बिहीबार बिहान ४ बजे मृत्यु भएको बताइएको छ।
मृतक बिष्णुहरि भण्डारी नेपालबाट २ बर्ष अघिमात्र आएका हुन् भने उनी नेपाल बिद्यार्थी संघ तथा जनसम्पर्क समिति भर्जिनिया शाखासँग संलग्न थिएl
मृतक भण्डारी श्रीमती नारायणी भण्डारी तथा जेठी छोरी ६ बर्ष तथा कान्छी छोरी ५ महिनाको साथमा अमेरिकामामै बसोबास गर्दै आएका थिएl
उनको मृत शरीरलाई प्रिन्स अस्पतालमा परीक्षणको लागि राखिएको छl मृत्युको कारण भने थाहा हुन सकेको छैन।
माघ ३
Post a Comment