तिलो करेला तपाईंलाई मन पर्दैन होला । तर यसमा रहेको गुणले स्वास्थ्य र सौर्न्दर्यमा आइपर्ने विभिन्न समस्याहरुबाट हामीलाई बचाउँछ । करेलामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस आदि स्वास्थ्य र सौर्न्दर्यका लागि निकै फाइदाजनक मानिन्छ ।
स्वास्थ्यमा फाइदा
१ मधुमेह-मधुमेहबाट पीडित ब्यक्तिले सँधै करेलाको रस पिउनाले समस्या निराकरणमा निकै मद्दत गर्छ ।
२ जन्डिस-करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिसमा राहत मिल्छ ।
३ पत्थरी-करेलाको हरियो पातको रसलाई दहीमा मिलाएर बिहान बेलुका पिउनाले पत्थरी गलेर निस्कनसक्छ ।
४ पेटमा किरा-पेटमा किराको कारणले यदि पेट दुःख्ने समस्या भएमा सँधै बिहान बेलुका तीन दिनसम्म करेलाको रस पिउनाले पेटका किरा नष्ट हुन्छन् ।
५ जोर्नी दुःख्ने-काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुःखेको ठाउँमा लगाउनले दुःखाईमा राहत मिल्छ ।
६ पिसाब पोल्ने-करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ ।
शौर्न्दर्यमा फाइदा
१ अनुहारको दागबाट मुक्ति-करेलाले रगत शुद्ध बनाउँछ । यसको सेवनले अनुहारमा दाग आउँदैन ।
२ स्वस्थ्य छाला- धेरै भिटामिन ए पाइने करेला एक राम्रो एन्टीअक्सिडेन्ट हो जसले छालालाई स्वस्थ बनाउ मद्दत गर्छ ।
३ एन्टिएजिङ-करेलाले एन्टिएजिङको पनि काम गर्छ । यसको सेवन
Post a Comment