जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुई वर्षअघि आर्थिक वर्ष २०६८/६९ मा झापामा जबर्जस्ती करणीका ३५ वटा र जबर्जस्ती करणी उद्योगका ११ वटा घटना दर्ता भएकामा गत आर्थिक वर्ष २०६९/७० मा जबर्जस्ती करणीका ४१ वटा र जबर्जस्ती करणी उद्योगका १८ वटा घटना भएका छन् । चालु आर्थिक वर्षको छ महिनाभित्र अर्थात गत साउनदेखि पुससम्ममा जबर्जस्ती करणी ४६ वटा र जबर्जस्ती करणी उद्योगका २२ वटा घटना प्रहरीमा दर्ता भएका छन् । र, चालु आर्थिक वर्षमा झापा जिल्ला अदालतमा जबर्जस्ती करणीका ३१ वटा मुद्दा दर्ता भएकामा १४ वटामा अदालतले फैसला गरिसकेको छ । प्रहरीमा दर्ता भएका मुद्दा र अदालतमा दर्ता भएकाबीच निकै ठूलो फरक देखिएको सम्बन्धमा झापा जिल्ला अदालतका तहसिलदार विदुर नेपालले भने, ‘कतिपय मुद्दाको अनुसन्धान गर्न बाँकी हुन्छ र कतिपय मुद्दामा अनुसन्धानबाट प्रहरी एवम् सरकारी वकिलले नै मुद्दा नचल्ने निष्कर्ष निकाल्छन् अथवा पीडित र पीडक दुवै पक्ष सहमतिमा पुग्छन् ।’ जबर्जस्ती करणीका घटना दिनप्रतिदिन बढिरहेको अवस्थामा समाजमा पर्ने नकारात्मक असर तथा यस्ता घटनालाई निरुत्साहित गर्न एवम् नारी अस्मिताको गरिमालाई उच्च पार्न झापा जिल्ला अदालतले छोरीमाथि नै जबर्जस्ती करणी एवम् हाडनाता करणीको एक मुद्दामा हालैमात्र फैसला गरेर न्यायालय एवम् समाजको गरिमालाई उच्च बनाउने काम गरेको छ । अदालतमा दायर भएको जबर्जस्ती करणी एवम् हाडनाता करणीको सो मुद्दामा जाहेरवाला, पीडित, पीडितका भाइ र प्रतिवादीको सही पहिचान खुलाउँदा पीडितको यथार्थ पहिचान खुल्ने भएपछि अदालतले सबैको आधिकारिक पहिचान गोप्य राखी फैसला गरेको थियो । घटनाअनुसार दमक नगरपालिका वडा नं १० मा डेरामा एक छोरा र एक छोरीसँग बस्दै आएका बाबुले आफ्नै छोरीलाई तीन वर्षअघिदेखि पटक–पटक करणी गर्दै आएको घटना २०७० असोज २ गते सार्वजनिक भएको थियो । पत्रकारिता पेसासँग जोडिएका ती यौन पिपासुले आफ्नै १३ वर्षीया छोरीमाथि डरत्रास देखाई पटक–पटक करणी गर्दै आएको छोरीले अदालतमा बयान दिएकी थिइन् । सो घटनाका साक्षीका रुपमा रहेका बालिकाका भाइले त अझ दर्दनाक कथा अदालतमा सुनाएका थिए । अदालतको आदेशको पूर्ण पाठमा भनिएको छ– सुरुमा यस्तो काम भयो होला भन्ने सोचेको थिइनँ, तर एक दिन राति बुबा स्वाँस्वाँ गरेको, पसिनैपसिना भएको र दिदीलाई पनि कसैलाई भनिस् भने मारिदिन्छु भन्दै थिए । सानैदेखि पटक–पटक करणीको सिकार भएकी ती बालिका पेट दुख्ने, छिनछिनमा पिसाब लाग्ने, पोल्ने र टाउको दुख्ने समस्याबाट गुज्रिन थालेकी थिइन् । पढाइका लागि सहज भन्दै दमकमा बसेको परिवारभित्र त्यस्तो घटना भएको बालिकाकी आमाले चाल पाइनन् किनभने दमकबाट करिब १० किलोमिटर पश्चिममा रहेको पथरीको एक सहकारी संस्थामा उनी काम गर्थिन् र त्यहीँ बस्थिन् । छोरी बिरामी भएको चाल पाएपछि आमाले स्त्रीरोग विशेषज्ञलाई देखाइन् र त्यसपछि मात्र घटना सार्वजनिक भएको थियो । छोरी बलात्कृत भएकी र त्यो पनि बाबुबाटै भन्ने पुष्टि भएपछि सो मुद्दा प्रहरी हुँदै जिल्ला अदालतमा पुगेको थियो । अदालतको पूर्ण पाठमा भनिएको छ– गर्भ रोक्न गर्भ निरोधक चक्की खुवाउने गरेको, महिनावारी भए नभएको सोध्ने गरेको र औषधि खुवाइसकेपछि खोल पनि आफैं बोकेर जाने गरेका थिए । ती अपराधीमाथि अदालतले जबर्जस्ती करणीका लागि १० वर्ष र हाडनाता करणीका लागि १० वर्ष गरी कुल २० वर्षको सजाय तोकेको छ र उनी अहिले झापा कारागारमा कैदी जीवन बिताइरहेका छन् । जिल्ला अदालत झापाका मुख्य न्यायाधीश रमेशकुमार खत्रीको इजलासले २०७१ मङ्सिर २८ गते २० वर्षे सजाय तोक्दै सो फैसला गरेको थियो । साथै फैसलामा पीडितलाई रु चार लाख क्षतिपूर्ति दिलाउने उल्लेख छ ।
पसिनै पसिनै भएका बुवाले स्वाँस्वाँ गदै भने, ‘कसैलाई भनिस् भने मारिदिन्छु’
झापा, पुस २७ – कुनै पनि सभ्य समाजको कलङ्कका रुपमा चौतर्फी विरोध भइरहे पनि अथवा मानव अधिकारको गम्भीर अपराधका रुपमा लिइए पनि झापा जिल्लामा जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगका घटनामा वर्षैपिच्छे वृद्धि हुन थालेको पाइएको छ ।

Post a Comment