ओली र प्रचण्डको गोप्य वार्तापछि निर्णायक बैठक..

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्‍यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको गोप्य वार्तापछि सोमबार बिहान संविधानसभा भवन नयाँ बानेश्वरमा दलहरुबीच निर्णायक बैठक हुँदैछ।



ओली र प्रचण्डबीच संविधानसभा भवनमा एकघन्टा अलग्गै वार्ता भएपछि सबा नौ बजेदेखि दलका नेताहरु सामूहिक छलफलमा जुटेका छन्। आइतबार दिनभरको शीर्ष बैठक र वार्ता सहमति नजिक पुगेकोले आन्तरिक र दुईपक्षीय छलफल गरेर सोमबार बिहान निर्णायक बैठक गर्ने भन्दै मुख्य दलका शीर्ष नेताहरु आइतबार बेलुका बैठकबाट उठेका थिए। संघीयताबाहेकका विषयमा दलहरुबीच समझदारी भइसकेको छ। दलहरुबीचको छलफल सकारात्मक भएकोले संविधानसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ।

ओली र प्रचण्‍डबीच अलग्गै वार्ताका लागि वातावरण बनाउन आइतबार दुवै पक्षका नेताहरुबीच अनौपचारिक सम्वाद भएको स्रोतले बतायो। आइतबार बिहान साढे ८ बजेदेखि सुरु भएको संविधानसभाको बैठकमा संवैधानिक समितिको प्रतिवेदन माथिको छलफल सकिएपछि अध्यक्ष सुवास नेम्वाङले सोमबार एक बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

संघीयताका विषयमा दलहरुबीच अझै समझदारी बन्न सकेको छैन। प्रदेशको नामांकन र सिमांकनमा दलहरुबीच मतभेद छ। एमाओवादीले जातीय पहिचानका आधारमा प्रदेशको नामांकन हुनुपर्ने अडान राखेको छ भने मधेसी दलहरुले मधेस एक प्रदेशको जिकिर जारी राखेका छन्।


माघ ८ मा संविधान वा मस्यौदा संभव नभए पनि जनता आश्वस्त हुने गरी प्रक्रिया थाल्नुपर्ने अडान कांग्रेस एमालेले राखेका छन्।जेठसम्ममा संविधान जारी गर्ने सर्तमा मात्रै नयाँ सहमति हुनुपर्ने र नयाँ डेडलाइन तोकिनुभन्दा पहिले नै संघीयतालगायतका मूल मुद्दामा राजनीतिक तहमा समझदारी हुनुपर्ने प्रस्ताव कांग्रेस एमालेको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget