विछोडपछि पनि छविको रेखालाई उस्तै माया, रेखालाई भेट्न हलसम्म पुगे छवि

काठमाडौं । दशबर्षसम्म श्रीमतीकी रुपमा रहेकी रेखा थापालाई अहिले पनि उनका श्रीमान एवं फिल्म निर्देशक छविराज ओझाले उत्तिकै माया गर्छन् ।
औपचारिक सम्बन्ध विच्छेद भएको करिब ३ बर्षसम्म पनि रेखाप्रति छबिलाई उत्तिकै माया र सदभाव रहेछ । त्यो माया र सदभाव आइतबार राजधानीमा प्रष्टै देखिन्थ्यो । शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र तथास्तु हेर्न छबिराज ओझा हलसम्म पुगेका छन् । आइतबार काठमाडौंको दरबारमार्गमा रहेको क्यूज सिनेमामा चलचित्र यूनिटले आयोजना गरेको विशेष प्रेस शोमा छबिराज ओझा तथास्तु हेर्न पुगेका थिए । फिल्म सुरु हुनु भन्दा केहि बेर अगाडी मात्र सिनेमा हलमा देखिएका छविले रेखासँग बसेर फोटो खिच्नपनि भ्याएका थिए । छबि र रेखाको यो भेटलाई सबैले आश्चर्य मानेका छन् ।
रेखा आफ्नो फिल्म हेर्न आफ्नी आमा, दिदी तथा केही आफन्तहरुको साथमा पुगेकी थिइन। जब छबि पनि तथास्तुको प्रेस शोमा देखिए तब छविले पनि रेखाकी आमालाई नमस्कार गरेका थिए । चलचित्र हेरेपछि छबिराजले तथास्तु राम्रो रहेको बताएका छन् ।
सबिर श्रेष्ठको निर्माण एवं निर्देशन रहेको फिल्म ‘तथास्तु’ मा रेखासँगै सुवास थापा, किशोर खतिवडा, विज्ञान जोशी, शिरु बिष्ट, सुशिल पोखरेल र किरण थापा लगायतको अभिनय छ । फिल्म निर्माणमा निर्देशक श्रेष्ठले रामहरी धितालसँग सहकार्य गरेका छन् ।
dainiknepal.com

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget