जेपी गुप्ता र मात्रृका यादवले तराईमा अरुलाई बस्न नदिने
काठमाडौं । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाशप्रसाद गुप्ता (जेपी) र मात्रृका यादव नेत्रृत्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन मिलेर तराईमा अन्यत्रबाट बसाइसराई रोक्ने अभियान थाल्ने घोषणा गरेका छन् ।
उनीहरुले तराईमा अन्यत्रका मानिसहरुलाई बस्न नदिने यो अभियानको शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा आन्तरिक र बाह्य बसाइसराई रोक्न कडा आन्दोलन गर्ने जानकारी गराईयो ।
उनीहरुले एक मधेस एक प्रदेशको नारालाई पनि सँगै उठाउने बताएका छन् । नौ बुँदे राजनीतिक माग राख्दै आन्दोलनको घोषणा गरेका उनीहरुले एक मधेस एक प्रदेशको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने घोयाणा गरे ।
साथै त्यस्तो प्रदेशमा पुर्ण आत्मनिर्भरकोअधिकार र समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने बताएका छन् । उनीहरुको आन्दोलनलाई गोपाल ठाकुर, रिजवान अन्सारी, भरत शाह लगायतका मधेसवादी नसाथ दिने बताएका छन् ।
वाहालवाला मन्त्री भएकै बेला भ्रष्टाचारी ठहर भएपछि जेल जीवन विताएर आएका गुप्ता र मन्त्री भएकै बेला ललितपुरका एल८िओलाई वाथरुममा थुनेर चर्चामा आएका यादवको आन्दोलनले कस्तो रुप लिनेहो, त्यो भने हेर्न बाँकी छ ।
nepalsandesh.com बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment