५० बर्षको उमेरमा फिट देखिन चाहन्छन् हमाल

नेपाली चलचित्रमा सदाबहार चर्चा कसैको छ भने, नायक राजेश हमालकै छ । चलचित्रमा होस् या बाहिरी दुनियाँमा हमालको चर्चा सधै नै हुन्छ ।

उनै हमालले केही दिन अगाडि व्यायम गर्दै गरेको तस्बिर सार्वजनिक गरेपछि यसले चर्चा पायो । तर, हमाल आफूले व्यायम गर्दै गरेको तस्बिर सार्वजनिक गर्नुको पछाडि अरुलाई प्रेरणा दिनका लागि हो भन्छन् ।
हमालले भने-‘म चाहन्छु अरुले पनि ५० बर्षको उमेरसम्म फिट रहन सकिन्छ भनेर सिकुन् ।’ फिट कसरी रहने भन्नेहरुका लागि प्रेरणा दिन आफूले व्यायम गर्दै गरेको तस्बिर सार्वजनिक गरेको हमालको तर्क छ ।
आफूले व्यायाम गर्दै गरेको तस्बिर राखेपछि धेरैले यसको फलो गरेको र व्यायम तर्फ लागेको तर्क हमालको छ । हमालले भने-‘कसैले अब हामी पनि व्यायम गर्छौ भनेका छन् भने कसैले मैले छाडेको केही बर्ष भएको थियो अब सुरु गर्छु समेत भनेका छन् ।’
५० बर्षको उमेरमा पनि आफू रेगुलर व्यायमका कारण फिट रहेको हमालको तर्क छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget