नयाँ दिल्ली – हिन्दु महासभाले बलिउडका तीन खान – आमिर, शाहरुख र सेफ अली खानले यदि श्रीमतीहरुलाई साँचो प्रेम गरेका छन् भने उनीहरुलाई हिन्दु बन्न चुनौती दिएको छ ।
यदि ती तीनै खान आफ्नो श्रीमतीहरुलाई माया गर्छन् भने उनीहरुले आफ्नो धर्म परिवर्तन गरेर हिन्दु हुन्छन्, नभए यसलाई सिर्फ लभ जेहाद मानिने उक्त महासभाले जनाएको छ ।
खबरका अनुसार हिन्दु महासभाका राष्ट्रिय महासचिव र हिन्दु सभा वार्ताका सम्पादकले लभ जेहाद हिन्दु विरोधी षड्यन्त्र भएको बताएका छन् । यसमा अनपढ मुस्लिमदेखि शिक्षित मुस्लिमसम्म संलग्न छन् ।
उनले भने कि फिल्म अभिनेत्रीहरुलाई शर्मिला टेगोर, करिना कपुर, गौरी छिब्बर, रिना दत्त, किरण रावलाई प्रेमजालमा फसाएर इस्लाम अपनाउन बाध्य बनाइएको छ ।
उनी भन्छन्, ‘जब हिन्दु महिला मुस्लिम युवकसँग विवाह गर्छन् तब उनले इस्लाम धर्म पालना गर्नुपर्ने हुन्छ र उनको बच्चाहरु पनि मुस्लिम हुन्छन् । ’
यद्यपी, अहिलेसम्म यो विषयमा तीनै खानहरुको तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन ।
Post a Comment