तीन छोराछोरीको हत्या गर्ने कस्तो निर्दयी आमा ? विक्षिप्त अवस्थामा पक्राउ

राजविराज । तीनजना छोराछोरीको हत्यापछि हत्यापछि फरार आमा कुडी सदालाई प्रहरीले पक्राउ गरेको छ । छोराछोरीको हत्या गरी फरार रहेकी सप्तरीको तेरहौता गाविस–३ की सदालाई प्रहरीले सुनसरीको हरीपुर गाविस–१ बाट शुक्रबार पक्राउ गरेको हो ।


इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक उमेश लम्सालका अनुसार विक्षिप्त अवस्थामा पक्राउ परेकी कुडीको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । सप्तरीको बैरवा गाविस–३ स्थित सप्तकोसी नदीको पश्चिम तटबन्धनजिक जमेको पानीमा हत्या गरी फालिएको अवस्थामा गत पुस १९ गते तीन बालबालिकाको शव फेला परेको थियो ।

तेरहौता–३ का अशोक सदाका छ वर्षीय छोरा सन्तोष, तीन वर्षीया छोरी सन्तोषी र छ महिनाकी छोरी छोटकीको घाँटी निमोठी मारिएको अवस्थामा भेटिएका शवको पुस २० मा सनाखत भएको थियो । कुडी सदा तीनैजना छोराछोरी लिएर पुस १९ गते बैरवा–२ स्थित माइतबाट घर हिडेंकी थिइन् ।

तीन बालबालिका मृत भेटिए पनि उनकी आमा कुडी बेपत्ता थिइन् । घटनास्थलबाट शवसँगै प्रहरीले विषको बोतल, महिलाले लगाउने एक जोडी चप्पल र सारी बरामद गरेको थियो । मृतकहरुका बुवा अशोक भने रोजगारीका लागि काठमाडौंमा बस्दै आएका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget