म्यूजिक भिडियोमा एउटा नेपाल प्रहरीका एसएसपी ले कस्तो अभिनय गलार्न ? सबैलाई चासो लाग्न सक्छ ।
यो देशको लागि म जन्म लिएको हुँ
मसँग कसैले युद्धको अब कुरै नगर्नु
रात दिन मलाई चिन्ता यही देशको लाग्छ
केही नगरि म मरे भने पिरले मन पाक्छ
यो एउटा गितको अंश मात्रै हो । सो गीतको म्यूजिक भिडियोमा नेपाल प्रहरीका एसएसपी रमेश खरेलले अभिनय गरेका छन् । प्रहरी सेवामै लागेर सेलिब्र्रेटी बनेका खरेललाई निर्देशक दीपक खाँडले पहिलो पटक भिडियोमा अभिनय गराएका हुन् । गीतको बोल सुन्ने वित्तिकै खरेल भिडियोमा अभिनय गर्न तयार भएको बताइएको छ ।
भिडियोमा अनु शाह र गायक भूवन प्यासीको पनि अभिनय रहेको पाइन्छ । चितवनमा छायांकन गरिएको भिडियो हेलिकप्टरबाट समेत खिचिएको दीपकले जानकारी दिएका छन् । यस्तै, भिडियोमा प्रहरी बटालियनलाई पनि समावेश गरीएको छ । राष्ट्रिय गीत भएकाले रमेश खरेलले अभिनय गरेको बताएका छन् ।
Post a Comment