अनौठो संस्कार- राम्रो केटा पाउन कन्याहरुको शिर मुण्डन

कुविक एनपी न्युज
अफ्रिकालाई विश्वको चिडियाखाना त्यसै भनिएको होइन । यहाँ जैविक विविधताको उच्चतम रुप मात्र होइन मानवीय विविधता पनि पाइन्छ । यहाँका कतिपय आदिवासी जनजातिहरुको संस्कार तथा रितिथितिका बारेमा सुन्दा पनि अनौठो लाग्छ ।
अफ्रिकाको केन्या, इथिओपिया तथा सोमालिया लगायतका देशमा झण्डै ५ लाखको संख्यामा बसोबास गर्ने बोराना आदिवासी पनि यस्तै अनौठो तथा रोचक आदिवासी समुदाय हो । अनौठो यस अर्थमा की यो समुदायका अविवाहित कन्याहरुको शिर मुण्डन गरिन्छ । विवाह नभएका युवतीहरुको टाउकाको मध्य भागमा गोलो आकारमा कपाल खौरिने चलन छ ।



अविवाहित कन्याहरुको यसरी बिचपाटे मुडेमा उनीहरुले राम्रो वर पाउने र घरबार पनि राम्रो हुने मान्यता यो आदिवासी समुदायमा रहेको छ ।
विवाह अघिसम्म यो आदिवासी समुदायका कन्याहरुमा आफ्नो कपालमाथि पूर्ण अधिकार हुँदैन भनेपनि हुन्छ । अभिभावकहरुले छोरीको सफल दाम्पत्य जिवनको लागि भन्दै छोरीको कपाल बीच भागमा खौरिदिने तथा अन्य भागको कपाल पनि खासै लामो बढ्न दिँदैनन् । विवाहपछि मात्र युवतीहरुले आफ्नो कपाल आफुखुसी बनाउन पाउँछन् । विवाहपछि भने युवतीहरुले आफ्नो कपाललाई चमकदार तथा नरम बनाउनका लागि घिउ लेपन गर्दछन् ।
अर्को रोचक कुरा त के भने यो समुदायका मानिसहरुले फोटो खिचाउन आनाकानी गर्छन् । फोटो खिच्दा जिउको रगत कम हुन्छ भन्ने विश्वास यिनीहरुमा छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget