एजेन्सी । भारतको मथुरास्थित एक होटलमा महिला बलात्कारको घटना सार्वजनिक भएको छ । आफ्नै पतिका साथ एक सातादेखि होटलमा बस्दै आएकी ती महिलाले आफूमाथि बलात्कार भएको आरोप लगाए ।
उनले पति खाना खान गएको समयमा आफू बलात्कृत भएको बताएकी हुन् । आगरा निवासी एक दम्पत्तिको पैसा चोरीको आरोपमा ती वकिल मुद्दा लडिरहेका थिए ।
ती महिलाका पतिले आफू साँझ बाहिर निस्किएको समयमा वकिल आएर पत्नीलाई बलात्कार गरेको बताएका छन् । गेस्ट हाउसमा बलात्कारको घटनाको सूचना आएपछि मानिसहरुको भीड जम्मा भएको थियो ।
घटनाको बारेमा छानविन भइरहेको प्रहरीले जनाएको छ । वकिलले भने आफूलाई षढ्यन्त्र गरेर फसाउँन खोजेको बताएका छन् ।
Post a Comment