ससुराले बुहारीलाई भुडी बोकाए, छोराले बच्चा स्विकार्नु पर्ने

श्रीमान श्रीमान नै हो । तर भारतको मुजफ्फरनगरमा एउटा आश्चर्यमा पार्ने घटना भएको छ। श्रीमतिले श्रीमानलाई छोरामान्नुपर्ने भएको छ । एक महिलाले ससुरामाथि बलात्कारको आरोप विवाहगरेपछिलगाएपछि श्रीमानलाई छोरा बनाउनु पर्ने देखिएको छ ।



महिलाले ससुराले अश्लिल भिडियो क्लिप बनाएर आफूलाई लगातार बलात्कार गरेको आरोप लगाएकी छन् । महिलाले आफ्नो गर्भमा रहेको बच्चासमेत ससुराकै भएको दावी गरेकी छन् । महिलाले डीएमसँग गर्भपतनका लागि अनुमतिसमेत मागेकी छन् । समाचारमाजनाइए अनुसार अ मौलभी पनि यो विषयमा प्रतिक्रिया जनाउन लागेका छन् ।

उनीहरुले पीडितले अब श्रीमानलाई छोरा मान्नुपर्ने बताएका छन् । सरिया कानुअनुसार जुन बच्चा महिलाको गर्भमा छ, त्यो महिलाको श्रीमानको भाई हुनेछ । उनको पतिले अब सम्बन्ध विच्छेद गर्नुपर्ने हुन्छ।यसअघि पनि सन् २००५ मा यस्तै एउटा घटना सार्वजनिक भएको थियो । जसमा महिलाका श्रीमानलाई उसको छोरा बनाइएको थियो । त्यतिबेलाको घटना इमराना काण्डका रुपमा चर्चित छ ।

देशविदेशमा चर्चित भएको इमराना काण्ड ९ वर्षपछि पूनः दोहोरिएको छ। त्यतिबेला एक महिलाले आफ्नो ससुराले १३ महिना पूर्व जबरजस्ती बलात्कार गरेर त्यस्तो अश्लिल भिडियो बनाएको र पछि ब्ल्याकमेल गरेर लगातार बलात्कार गरेको आरोप लगाएकी थिइन् । विाहको ६ दिनपछि नै आफ्नो श्रीमान रोजगारीका लागि साउदी अरब गएको उनले बताएकी छन् । त्यसपछि आफूलाई ससुराले गलत ढंगले हेर्न लागेको उनको दावी छ। यस विषयमा गुनासो गर्दा सासुले समेत चुप लागेर बस्ने भनेको उनको दावी छ। ससुराले लगातार बलात्कार गरेपछि उनी गर्भवती भएकी थिइन् । उनी गर्भवती भएको थाहा पाएपछि उनका ससुराले डेढ महिनाअघि माइतमा छोडेर फरार भएका थिए ।

पाँच दिनअघि ससुराले उनलाई श्रीमानसहित आफ्नो घर र सम्पत्तिबाट अलग गर्ने सूचना पठाएका थिए । त्यसपछि माइती पक्षले उनलाई पुनः घर पठाउने प्रयास गरेको थियो । तर, महिलाले त्यसविरुद्ध परिवारजन र ससुराको कर्तुतका बारेमा तथ्य सार्वजनिक गरेकी हुन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget