काठमाडौं : संविधान लेखनको प्रक्रिया अघि बढ्न नदिन एमाओवादी तथा मधेसी मोर्चाले आज पनि संविधानसभामा अवरोध गरेका छन्।
संविधानसभाको बैठक बस्न नपाउँदै बुधबार पनि एमाओवादी तथा मधेसी मोर्चालगायतका सभासदहरु नाराबाजी सुरु गरेका थिए। दस मिनेटपछिको घेराउ र नाराबाजीपछि संविधानसभामा स्थगित भएको छ।
सोमबारदेखि लगातार एमाओवादी तथा मधेसी मोर्चाले संविधानसभा अवरुद्ध गर्दै आएका छन्। सोमबार मध्यरातमा उनीहरुले संविधानसभामा आक्रमण गरेका थिए।आक्रमणबाट शीर्ष नेता तथा सभासद् एवं सुरक्षाकर्मी घाइते भए भने थुप्रै कुर्सी,माइक तथा टेबल भाँचेका थिए।मंगलबार पनि डेढघन्टा जति घेराउ तथा नाराबाजी गरेर प्रकिया अघि बढाउन दिएनन्।
सभाध्यक्षले संविधानसभा नियमावलीअनुसारको प्रक्रिया अघि बढाउन पाएका छैनन्।संघीयता, शासकीय स्वरुप, न्यायप्रणाली तथा निर्वाचन प्रणालीजस्ता संविधान लेखनका मूल विषयमा दलहरुबीच सहमति नभएपछि सभाध्यक्ष सुवास नेम्वाङ प्रश्नावली बनाएर ती विवादको टुंगो लगाउन प्रक्रिया थाल्ने तयारी छन्। तर एमाओवादी तथा मधेसी मोर्चाले अवरोधर गरेर प्रश्नावली निर्माणका लागि विशेष समिति बनाउने प्रस्ताव पेस गर्न दिएका छैनन्।
एमाओवादी तथा मधेसी मोर्चाको हिंसात्मक अवरोधका कारण संविधानसभासभा अल्पमतको बन्धक भएको छ। माघ ८ मा संविधानको मस्यौदा मात्रै भए पनि फास्टट्रयाकबाट जारी गर्न कांग्रेस एमाले तयार देखिए पनि विपक्षीको हिंसात्मक प्रतिरोधका कारण अब त्यो संभव नहुने भएको छ।
बिहान एघार बजे बोलाएको बैठक सुरु भएको घोषणा गर्न नपाउँदै एमाओवादी तथा मधेसी मोर्चालगायतका सभासदहरु सभाध्यक्ष सुवास नेम्वाङको रोष्ट्रम अगाडि घेराउ गरेर नाराबाजी सुरु गरेका थिए। घेराउमा संलग्न सभासद्हरु मर्यादा लाइन नाघेर अगाडि जाने कोसिस गरिरहेका छन्। सुरक्षाकर्मीले रोक्न खोज्दा पनि एमाओवादी तथा मधेसी मोर्चाका सभासदहरु आक्रमक ढंगले प्रस्तुत भएका छन्। नाराबाजीमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पनि सहभागी छन्।
विपक्षी सभासद्बाट घेराउ तथा नाराबाजी भइरहे पनि कांग्रेस तथा एमालेका सभासद्हरु आफ्नै स्थानमा चुपचाप बसेका छन्। मर्यादापालकबाट घेरिएका सभामुख टुलुटुलु हेरेर बसिरहेका छन्। बैठकको कारबाही सुरु हुन्छ भन्न पनि पाएका छैनन्। सोमबार मध्यरातमा एमाओवादी तथा मधेसी मोर्चालगायतका सभासदहरुले संविधानसभा बैठक कक्षमा तोडफोड तथा आक्रमण गरेका थिए। तोडफोड गरिएका कुर्सी मिलाइएपछि बैठक सुरु गरिएको थियो। तोडफोडबाट लाखौंको क्षति भएको थियो।
मंगलबारको बैठक तनावपूर्ण हुने देखिएपछि संविधानसभा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। संविधानसभा भवनलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले मध्यरातदेखि नै विशेष सुरक्षा घेरामा राखेको छ।बिहानदेखि संविधानसभा पसिरमा विशेष सुरक्षा निगरानीसहित गस्ती बाक्लो बनाइएको छ। सम्मेलन केन्द्रभित्र पनि सुरक्षाकर्मीको संख्या थपिएको छ। त्यसैगरी बैठक कक्षमा खटिने मर्यादापालकलाई विशेष सतर्कतासहित राखिएको छ।सभासद्लाई पनि सुरक्षाजाँच गर्दै भित्र पठाइएको छ।
Post a Comment