एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको मधेशसहित सुदूरपश्चिम बन्दको प्रभाव धेरै जिल्लामा परे पनि डडेल्धुरामा भने बन्दको प्रतिकारमा स्थानीय सडकमा उत्रेका छन् ।
समाचार अनुसार डडेल्धुराका ब्यापारी र स्थानीय सडकमै उत्रेर बन्दको प्रतिकार गरेका छन् । नेपालको झण्डा बोकेका स्थानीय सर्वसाधारण र ब्यापारीको समूहले बन्दबिरुद्ध माइकिङ गर्दै बजार खुलाउन थालेपछि बजार बन्द गराउन परिचालन भएका मोर्चाका कार्यकर्ता भागेका छन् ।
बजार बन्द गराउन बिहानै बजारमा उत्रिएका मोर्चाका कार्यकर्ता स्थानीय र ब्यापारीहरुले नाराजुलुस गर्न थालेपछि भागेका थिए । स्थानीय र मोर्चाका कार्यकर्ताबीच भिडन्त हुने सक्ने भन्दै बजार क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एमाओबादी सहितको ३० दलीय मोर्चाले आव्हानमा बन्दका पसलहरु समेत खुलाउने काम भएको छ । ब्यापारीले ठाउँ ठाउँबाट बन्दको अबज्ञा गरेका छन् ।
डडेल्धुराको बागबजार, कीर्तिपुर र तुफानडाडाँ बन्द रहेको बजार स्थानीयले खुलाएका छन् । अनाहकमा माग राखेर बजार बन्द गराउनु पाइँदैन भन्दै व्यापारी गणेश भट्टले व्यापारीलाई स्वतन्त्र रुपमा व्यापार गर्न दिनुपर्छ, अबरोध गर्नेबिरुद्ध हामी सडकमै उत्रने बताउनुभयो ।
३० दलीय मोर्चाले सहमतिकै आधारमा संविधान जारी गर्नुपर्छ भन्दै दवाव दिन भन्दै देशव्यापी रुपमा चरणबद्ध बन्दको आव्हान गरेको छ ।
Post a Comment