दीपिका भन्छिन म रणबीर कपुरसँग विवाह गर्न चाहन्छु

बलिउडका रकस्टार भनिने रणबीर कपुर र उनकी पूर्व प्रेमिका डिम्पल गर्ल भनिने दीपिका पादुकोणको बारेमा सबैलाई थाहा छ । उनीहरुको बाटो अहिले छुट्टिएको छ । रणबीर कथित रुपमा कट्रिना कैफसँग डेट गरिरहेका छन् भने दीपिका पनि कथित रुपमा रणबीर सिंहसँग प्रेमसम्बन्धमा छिन् । तर दीपिका पादुकोणले
अहिलेसम्म पनि उनका पूर्व प्रेमीलाई बिर्सन नसकेको उनले गरेका पछिल्ला व्यवहारले पुष्टि गर्ने गर्दछ ।
उनले कट्रिना कैफलाई रणबीरसँग विवाह नगर्न सल्लाह दिएकी छिन् । यति मात्र होइन् उनले आफू रणबीरसँग विवाह गर्न इच्छुक भएकोसमेत बताइन् ।
वास्तवमा, मुम्बईमा आयोजित एक अवार्ड कार्यक्रममा दीपिकासँग कार्यक्रम सुरु हुनुभन्दा पहिले उनलाई कट्रिना कैफ बनेर न्यू इयर रिजोलुसन बनाउन आग्रह गरिएको थियो । केहि समय पनि नलगाई उनले जवाफ दिइन्, ‘रणबीरसँग विवाह गर्न चाहन्छु ।’
रमाइलो गर्नका लागि आयोजित यो कार्यक्रममा उनले रणबीरसँग विवाह गर्न चाहन्छु भन्दै सबैलाई हँसाउन खोजेकी हुन् कि कट्रिनासमक्ष आफ्नो मनको कुरा खोलेकी हुन्, यो कुरा दीपिका पादुकोणलाई नै थाहा होला ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget