यी ४ कुरा कसैलाई सिकाउन नखोज्नुस्

पूर्वीय दर्शनमा चाणक्य नीति जीवन सञ्चालनको विधान जस्तै मानिन्छ । चाणक्य नीतिले जीवनमा शान्ति र सुख प्राप्तिका लागि अपनाउनु पर्ने मार्गहरुको बारेमा चर्चा गरेका छन् । चाणक्यले जीवनमा ४ कुरा कसैलाई पनि सिकाउन नसकिने र सिकाउने कोशिस गर्नु ब्यर्थ रहेको बताएका छन् ।




दान धर्म
चाणक्यका अनुसार कुनै पनि ब्यक्तिले अरुलाई पैसा वा अन्य बस्तु दिने कि नदिने भन्ने जन्मगत गुणमा भर पर्छ । अरुलाई दान गर्ने र धर्मकर्म सम्बन्धी कुरा मानिसलाई गर गर भनेर सिक्ने कुरा होइन । मानिसलाई दान गर्न सिकाउन नसकिने भएकाले यसको प्रयास गर्नु ब्यर्थ रहेको बताउँछन् उनी ।


निर्णय क्षमता

कुनै पनि मानिसले कुन बेला के गर्ने कुन बेला के नगर्ने भन्ने कुराको निर्णय आफ्नो स्वभाव अनुसार गर्छ । मानिसलाई निर्णय लिन सिकाउने कोशिस गर्नु पनि गलत हो । कसैलाई जीवन निर्णय गर्न सिकाउन कोशिस गर्नु मुर्खता भएको ठान्छन् चाणक्य ।



धैर्य गर्ने क्षमता

कतिपय ब्यक्तिमा धैर्य गर्ने क्षमता देखिन्छ भने कतिपय ब्यक्ति अधैर्य हुन्छन् । साना साना कुरामा पनि आत्तिने र मात्तिने बानी हुन्छ कतिपय को । यस्ता ब्यक्तिलाई जीवनमा धैर्य हुनु पर्छ भनेर उपदेश दिनु गलत भएको बताउँछन् चाणक्य । धैर्य गर्ने क्षमता जन्मजात गुण भएकाले यसलाई सिकाउन नसकिने मानिन्छ ।


मिठो बोली

कुनै पनि ब्यक्तिलाई मिठो बोल्नका लागि सिकाउन नसकिने बताउँछन् चाणक्य । मिठो बोल्ने गुण बैयक्तिक गुणकोरुपमा जन्मजात आउने उनको भनाइ छ । कसैलाई मिठो बोल्न सिकाउन खोज्नु पनि मुर्खता हो ।


यी चार काम कसैलाई पनि सिकाउने कोशिस नगर्नुस् ।
nepaliheadlines.com

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget