कमल थापाले आज संविधानसभा कब्जा गर्ने !

काठमाडौं । राप्रपा नेपालले आज संविधानसभा कब्जामा लिने दाबी गरेको छ । संविधानका विवादीत अन्तरबस्तुमा सहमति नभएपछि त्यसको टुंगो जनमत संग्रहबाटै गर्नुपर्ने माग सहित राप्रपा नेपालले आज संविधानसभा घेराउ गर्ने भएको छ ।
मध्यान्ह बबरमहलमा भेला भइ जुलुशसहित बानेश्वर गएर संविधानसभा घेराउ गर्ने राप्रपा नेपालले जनाएको छ ।
राप्रपा नेपालले अब बन्ने संविधानमा सनातन हिन्दु राष्ट्र कायम गर्न पनि माग गरेको छ ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले संविधानसभा कब्जामा लिने भएपछि संविधानसभा भवन आसपासमा भने गएराति देखि नै सुरक्षा अवस्था कडा पारिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget