पूर्वराजा ज्ञानेन्द्रले भनेः नेपाललाई साझा फूलबारी बनाऔं

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको दिव्योपदेश अनुसार नेपाललाई सबैको साझा फूलबारी बनाउनुपर्ने बताएका छन् ।

नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९३ औं पृथ्वी जयन्तीको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले देशका सवै भुभाग र सबै वर्ग समाजका समग्र समून्नतिका निम्ति स्वच्छ र सही राष्ट्रिय प्रयास जरुरी भएको बताएका हुन् ।

‘तर त्यो विभाजन, विखण्डन र विभाजनका निम्ति नभई राष्ट्रिय भावधारामा संयोजन एवं सुसंगठित समुत्थानका निम्ति साधक बन्नुपर्दछ’ ज्ञानेन्द्रद्वारा जारी सन्देशमा भनिएको छ, ‘नेपाल हाम्रो हो र हामी नेपाली हौं भन्ने गर्व गर्ने हिमाल, पहाड, तराईका तमाम सन्ततीले बडामहाराजधिराजलाई आजको दिनमा सम्झनै पर्दछ ।’

झापामा रहेका पूर्वराजा शाहले आजको दिन पचहत्तरै जिल्ला, चौधै अञ्चल र सिंगै राष्ट्रका निम्ति गौरवशाली दिन रहको बताएका छन् ।

पृथ्वीनारायण शाहको सम्झनामा राप्रपा नेपालले आज भृकुटीमण्डपमा चियापान समारोहको आयोजना गरेको छ । त्यसैगरी राप्रपाको लोकेन्द्रबहादुर चन्द पक्षले पनि पृथ्वी जयन्ती मनाउने निर्णय गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget