वानेश्वरमा बाबुरामको धम्की, फेसबुकमा स्टाटस !

काठमाडौं । संविधानसभाको बैठकमा आफूले भनेको विषयलाई सञ्चारमाध्यमहरुले बंग्याएर समाचार लेखेको भन्दै संवाद समितिका सभापति डा.बाबुराम भट्टराईले आक्रोस व्यक्त गरेका छन् ।
संविधानसभाबाट बाहिरिने क्रममा उनले आफूले संविधानसभामा आफ्नै नेतृत्वको आलोचना गरेको भन्ने समाचारको खण्डन गरेका हुन् ।
संविधानसभामा उनले जनयुद्धकालीन ढंगले नेतृत्व अघि बढ्न नहुने अभिव्यक्ति दिएको समाचार विभिन्न सञ्चारमाध्यममा आएको थियो ।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नै पार्टीको नेतृत्व र पार्टीहरुले आव्हान गरेको सडक आन्दोलनको विरोध गरेको भन्ने समाचारप्रति असन्तुष्टि जनाएका छन् ।


उनले संविधानसभाको बैठकमा श्रीलंकाको राष्ट्रपतिले तमिल विरुद्ध दमन गरेर जितेपनि अहिले आएर पराजित भएको उल्लेख गर्दै युद्धकालको जुन भूमिका थियो शान्तिकालमा त्यही ढंगले जान नहुने बताएका थिए ।
संविधानसभाको बैठकमा भट्टराईले भनेका थिए, यतिबेला हामी सबैले हिजो द्धन्द्धको धङधङीको रुपमा होइन, एकअर्कालाई सिध्याउने जुन ढंगले प्रस्तुत भएका छन् त्यस रुपमा होइन द्धन्द्धोत्तर कालमा हामी मिलेर निकास दिने हो भन्ने ढंगले समन्वयकारी भूमिका निर्वाह गर्न हाम्रो नेतृत्वपंक्ति र हामी सबै उद्यत रहनुपर्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget