संविधानसभामा कुर्सी भाँच्ने सभासद्लाई कारबाहीको तयारी

काठमाडौँ, ७ माघ । संविधानसभामा सोमबार मध्यराति अराजक गतिविधि गर्ने सभासद्लाई कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ ।
संविधानसभामा सोमबार राति भएको अवरोधका क्रममा कुर्सी र माइक भाँच्ने सभासद्लाई कारबाही र क्षतिपूर्तिका लागि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले जाँचबुझ समिति बनाउने तयारी गर्नुभएको छ । त्यसका लागि सभाध्यक्ष नेम्वाङले संसदका महासचिवसँग छलफल गरिसक्नुभएको छ । संविधानसभामा ३० लाख भन्दा बढीको नोक्सानी भएको बताइएको छ ।
कांग्रेस–एमाले लगायत सत्तारुढ दलहरुको मंगलबार बसेको बैठकले संविधानसभा भएको तोडफोडको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न र क्षतिपूर्ति भराउन सभाध्यक्षलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
अघिल्लो संविधानसभामा संसदको बैठक चलिरहँदा कुर्ची फ्याँक्ने सभासद् सञ्जयकुमार शाहलाई संसदले तीन दिनसम्म निलम्बन र जरिवाना गरेको थियो ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget