एकै चोटि ३० हजार वटा बिहेको प्रस्ताव

आज सम्म तपाईलाई कतिवटा बिहेको प्रस्ताव आएको छ?



सायद पत्याउनुहुन्न होला तर बलिउड स्टार ऋतिक रोसनलाई सन् २००० को भ्यालेन्टाइन्स डे मा एकै चोटि ३० हजार युवतीहरूले बिहेको प्रस्ताव राखेको थियो।


बलिउड अभिनेता ऋतिक रोसन ४१ सालको भए। ऋतिकको जन्म १० जनवरी १९७४ मा मुम्बईमा भएको थियो भने उनले सन् २००० मा  'कहो ना प्यार हे' फिल्ममा खेलेर बलिउड करियर शुरुवात गरेका थिए।


ऋतिकको जीवनमा कयौँ तथ्यहरू छन्, जस्को जानकारी सायदैलाई थाहा होला। ती मध्ये ८ वटा तथ्यहरू यस्ता छन्।


१. ऋतिक रोसनको पहिलो फिल्म 'कहो ना प्यार हे' बाट नै कयौँ केटिहरू उनको लागि ज्यान दिन तयार हुँदै आइरहेका छन्। यो तथ्य कसरि प्रमाणित हुन्छ भने, सन् २००० को भ्यालेन्टाइन्स डे मा उनको घर अगाडि लगभग ३० हजार जना केटिहरू बिहेको प्रस्ताव राख्न लस्कर लागेका थिए।


२. आज ऋतिक रोशनलाई भारतकै सर्वश्रेष्ठ डान्सरको रूपमा मान्दछन्। तर उनलाई २१ वर्ष सम्म हुँदा डान्स गर्न धेरै समस्याको सामना गर्नुपरेको थियो। त्यतिबेला उनले आफ्नो मेरुदण्डको उपचार गरेका थिए र आज हेर्नुस उनि डान्समा पनि सुपरस्टार छन्।


३. सँधै कूल आउटफिटमा रहने ऋतिक रोशन आफूसँग एउटा स्क्रेपबुक राख्छन् जस्मा उनले आफ्नो दैनिक जीवनको तस्वीरहरूलाई सजाएर राखछन्।


४. फिल्ममा एक्शन हिरोको रूपमा प्रस्तुत हुने ऋतिक रोशन वास्तविक जीवनमा भने अलि अलग किसिमका छन्। एकचोटि उनको पिता राकेश रोशनमाथि भएको माफिया हमलाको कारणले ऋतिक साह्रै विचलित भएका थिए र उनले बलिउड करियर छोड्ने निष्कर्ष निकालिसकेका थिए।


५. आलिशान बंगलामा बसोबास गर्ने ऋतिक रोशन आफ्नो पितालाई भने धेरै नै सम्मान गर्छन्। त्यसैले त जब उनको पिता राकेश रोशन फिल्म सेटमा हुन्छन्, तब सबै सानाठुला कामहरू ऋतिकले नै गर्छन्। जस्मा अभिनेताहरूलाई चिया सर्भ गर्नेदेखि लिएर सेटको सरसफाई पनि सबै उनिले नै गर्छन्।

६. ऋतिक आफ्नो शरीर सुसंगठित राख्न धेरै चनाखो भएतापनि उनि पैसाको कारोवार गर्न भने निकै नै भुलक्कड छन्। त्यसैले सबै कारोवारको काम उसको पिताले गर्छन्।


७. फिल्महरूमा अथाह संवाद गर्न खप्पिस ऋतिक रोशन आफ्नो बालककालमा भने भगभगाउने समस्याले पीडित थिए।


८. ऋतिक रोशनलाई धेरैले उनको शारीरिक बनावटको कारणले चिन्दछन् तर उनि भने आफूलाई केहि स्वास्थ्य समस्या आउने बित्तिकै धेरै नै चिन्तित बन्छन्।

सबै युवा तथा यवती फ्यानहरूको मुटुमा बस्न सफल बलिउड स्टार ऋतिक रोशनलाई ४१ अौँ जन्मदिनको शुभकामना छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget