नेपालका ख्यातिप्राप्त कलाकारहरू राजेश हमाल, दिलीप रायमाझी, चर्चित हास्य कलाकार मनोज गजुरेल, चर्चित गायकहरु गायकद्धय यम बराल र कर्मा शेर्पा र एउटा खुट्टाको सहाराले आफ्नो कुशल नृत्य प्रस्तुत गर्ने रश्मि खरेलले आफ्नो भव्य प्रस्तुती दिएका थिए । नेजा कल्याणकारी कोष स्थापनार्थ गत वर्षदेखि आयोजना गरिदै आएको नेजा नाईटलाई यसपटक नेजा नाईट टु भनेर नाम दिइएको थियो । कार्यक्रममा नायक राजेश हमालले आफ्नै चलचित्रको गीतमा तृत्य प्रस्तुत गरेका थिए जसमा डान्सर वसन्ती राईले साथ दिएकी थिइन् ।
त्यसैगरि अर्का नायक दिलीप रायमाझी र शिला शेर्पाको तृत्यले दर्शकलाई निकै भरपुर मनोरन्जन दिएको थियो । हास्य कलाकार मनोज गजुरेलको मोदी र लालवावु पण्डितप्रतिको व्यडग्यात्मक प्रस्तुतिले दर्शकहरुलाई मनोरन्जन दिएका थिए । त्यस्तै नारायण गोपाल पछाडिको पुस्ताको झझल्को दिने लोकप्रिय गायक यम बरालले गीत गाएर दर्शकहरुलाई मनोरन्जन प्रदान गर्दै गर्दा अर्का युवा गायक कर्मा शेर्पाले हिन्द तथा नेपाली गीतहरू प्रस्तुत गरेर दर्शकहरु तताएका थिए । पवनकलीका नामले चिनिने चर्चित टिभी प्रस्तोता माम्पी घोष र टिभी पत्रकार अनुज थापाले सन्चालन गरेको नेजा नाईट कार्यक्रममा सहभागी कलाकारहरुलाई अन्तिममा सम्मान गरिएको थियो ।
etajakhabar
Post a Comment