अब किसानका लागि निः शुल्क मोबाइल र सिमकार्ड

फोटो :समाचार प्रतिनिधी फोटो
मोवाइलमार्फत सम्पूर्ण समस्या समाधान

काठमाडौं:  किसानको लागि सरकारले प्रविधिमैत्री खुशीको खबर ल्याएको छ । सरकारले किसानका लागि निः शुल्क  ‘किसान सिमकार्ड’ को सुविधा ल्याउने तयारी गरेको छ ।


सरकारले पहिलो चरणमा सिमकार्ड वितरण गरेपछि मोबाइल सेटपनि दिने तयारी गरेको छ । सम्भवतः किसानहरुले यो सुविधा आगामी चैतदेखि उपभोग गर्न पाउनेछन् ।

सरकारले खाद्यान्न, तरकारी, तेलहन, दलहन, मल तथा बिषादी, मौसम, खेती प्रविधि, बजारलगायतका बिषयमा आवश्यक जानकारी उपलब्ध गराउन किसानलाई निः शुल्क किसान सिमकार्ड उपलब्ध गराउने तयारी गरेको हो ।

त्यति मात्रै होइन्, विश्व बैंकको सहकार्यमा कार्यान्यनमा आएको कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना (एमिस्) ले बनाएको हाम्रो कृषि एप पनि उक्त मोवाइलमा उपलब्ध हुनेछ ।

कृषि विकास मन्त्रालयका प्रवक्ता डा. श्यामकिशोर साहका अनुसार ले चालु आर्थिक वर्षमा यो सुविधा कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना लागू भएको २५ जिल्लाका पाँच हजार पाँच सय किसानको हातमा पुर्‍याउन लागेको हो ।

‘यो सुविधा हामी तेश्रो चौमासिकको पहिलो महिनादेखि कार्यान्वयनमा ल्याउने तयारी गरेका छौं’, प्रवक्ता साहले भने,‘ यो प्रविधिको सहयोगमा नेपाली किसान मौसम र तापक्रमसम्बन्धमा पूर्व जानकारी लिएर त्यहीअनुसारको खेती पाति गर्न सक्षम हुनेछन् ।’ यो सुविधा प्रदान गर्न मन्त्रालय र नेपाल टेलिकमबीच बिहिबार दुई पक्षिय सम्झौता भइसकेको छ ।

मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत शिवनन्दनप्रसाद साहका अनुसार पहिलो चरणमा यो सुविधा धनकुट्टा, सुनसरी, सिराहा, काभ्रे, बारा, रुपन्देही, बाँके र जुम्लाका किसानले यो सुविधा उपभोग गर्न पाउनेछन् ।

यसैगरी दोश्रो चरणमा संखुवासभा, झापा, मोरंग, सप्तरी, महोत्तरी, चितवन, सुर्खेत र कैलाली र तेश्रो चरणमा दार्चुला, डोटी, रुकुम, दांग, मुस्तांग, कास्की, पाल्पा, धादिङ्ग र दोलखाका किसानले यो सुविधा पाउनेछन् ।

मन्त्रालयले यो सुविधाअन्तर्गत एउटा जिल्लाका ५० जना किसान सदस्य रहेको समूहलाई २० हजार रुपैयाँ पर्ने एक थान इण्ड्रोइड स्मार्टफोन, एक थान किसान सिम र सिममा सय रुपैयाँको ब्लालेन्स सुविधा, एक थान रेनगज उपकरण (बर्षा नाप्ने यन्त्र) र एक थान थर्मोमिटर (तापक्रम नाप्ने यन्त्र) निः शुल्क उपलब्ध गराइनेछ ।

यि सबै सामाग्रीको करिब ४० हजार मूल्य पर्छ । किसानले पाएको मोवाइल र सिममार्फत आवश्यक जिज्ञासा र समाधान पनि निस् शुल्क प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै समूहमा आवद्ध नभएका किसानले भने जिल्ला कृषि विकास र जिल्ला पशु सेवा कार्यालयको सिफारिशमा सोही कार्यालयबाट सय रुपैयाँ व्यालेन्स सुविधा भएको किसान सिम निः शुल्क रुपमा लिन पाउनेछन् ।

२५ जिल्ला वाहेकको हकमा भने अहिलेलाई एनएएमआईएस डट जिओभी डट एनपीमार्फत कृषिसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने व्यवस्था गरिएको प्रवक्ता साहले जानकारी दिए । मन्त्रालयले कृषिसम्बन्धी आवश्यक जानकारी लिनका लागि टोल फ्रि नम्बर १६६००१७७७७९ को पनि व्यवस्था गरेको छ ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget