सरकारले वार्ताको नाटक गरेर अन्तर्राष्ट्रिय समुदायलाई ठग्योः उपेन्द्र यादव

जनकपुरधाम, १४ पुस । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले २३ पटक वार्ता गरिसके पनि आन्दोलनको मूल मुद्दामाथि बुँदागत हिसाबले एक दिन पनि छलफल नगरेको आरोप लगाउनुभएको छ ।
उहाँले सरकार वार्ताप्रति कहिल्यैपनि गम्भीर नरहेको आरोप लगाउनुभयो । जनकपुरमा आज अनुसन्धानात्मक वार्षिक पत्रिका ‘ज्ञानवाटिका’को विमोचन गर्दै अध्यक्ष यादवले भन्नुभएको छ, सरकारले वार्ता भइरहेको छ भनेर अन्तर्राष्ट्रिय समुदायलाई ठग्दै आइरहेको छ । तीन दलले जारी गरेको संविधान सम्पूर्ण नेपालीको संविधान नभएको उल्लेख गर्दै अध्यक्ष यादवले यो संविधान मुट्ठीभर राजनीतिक दलको संविधान हो भन्ने टिप्पणी गर्नुभयो ।
अध्यक्ष यादवले यो संविधान तराई मधेसवासीको अधिकार मात्र नखोसेर पहाडमा बस्ने जनजातिको समेत अधिकार खोसेको आरोप लगाउनुभयो । राराबहुमूखी क्याम्पसका सहप्राध्यापक शिवनारायण यादवको सभापतित्वमा भएको सो विमोचन कार्यक्रममा पूर्वमन्त्री हरिनारायण यादव, वरिष्ठ पत्रकार राजेश्वर नेपाली लगायतका वक्ताले बोल्नुभएको थियो । रासस
dainiknepa
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget