मोर्चाका कार्यकर्तामाथि भारतीय समुहद्वारा दुई पटक आक्रमण

बिहीबार १७ मंसिर, २०७२
तनावग्रस्त वीरगन्ज सीमा नाका। तनावग्रस्त वीरगन्ज सीमा नाका।
वीरगन्ज–वीरगन्ज रक्सोल सीमा नाकामा धर्ना बसेका आन्दोलनकारीमाथि भारतीय समुहबाट बिहीबार बिहान पुनः आक्रमण गरेको छ। बिहान भएको झडपमा एक महिलासहित तीन जना आन्दोलनकारी घाइते भएका छन्। यसअघि बुधबार साँझ यसैगरी धर्ना बिथोल्ने प्रयास गर्दै भारतीय समुहले आक्रमण गरेको थियो।

करिव २० जनाको समुहमा आएका भारतीयाले मितेरी पुल छोडेर भाग भन्दै धर्नाकारीलाई कुटपिट गरेका थिए। भारतीयले धर्ना स्थलमा रहेको टेन्टमा पेट्रोल खन्याएर जलाउने प्रयास गरेका थिए । आक्रमणकारीको कुटाईबाट वीरगन्ज– १९ का शत्रुधन यादवको टाउको फुटेको छ। इनर्वाका मदन यादव र महिला रेखा साह पनि घइते छिन्। भारतीयको समुहले आफूसँग भएको ८२ हजार रुपैया, एउटा घडी र एउटा मोबाइल लुटेर लगेको मदनले बताए। आक्रमणकारीले धर्नास्थलको टेन्टमा पेट्रोल छर्केका थिए ।

घटनापछि सीमामा बिहीबारदेखि तनाव बढेको छ। वीरगन्ज बजार पनि बन्द गराइएको छ । झडप भएको ठाउँमा भने सूरक्षाकर्मी पुगेका छैनन्। यसअघि बुधबार साँझ करिब ८ बजे आक्रमण गरेका थिए । बुधबार आक्रमणमा बाराको कलैया नगरपालिकाका सुरेश साह गम्भीर घाइते छन् । अरु चार जना बारा कै फेटा घर भएका रन्जीत साह, दक्षिण झिटकैयाका रामदीन यादव, नन्दु यादव र वीरगन्ज १३ का फिरोजबाबु शेख पनि घाइते छन् ।

रक्सोसँग जोडिएको सिमावर्ती भारतीय गाउँ अहिरवा टोलाबाट आएका स्थानीयको एउटा समुहले लाठी, झाटा र घरेलु हतियारबाट आक्रमण गरेको धर्नामा बसेकाले बताए । 'उनीहरु बिहान पनि आएका थिए, यता नेपालतर्फ रहेका भारतीय नम्बरमा ट्रकहरु निकाल्न खोजेका थिए,' धर्नामा अगुवाई गरिरहेका नेपाल सद्भावना पार्टीका स्थानीय नेता कृष्णा पटेलले भने, 'साँझ हामी धर्नाका बाकी सहभागी रक्सोल सीमास्थित आफ्नो खाना खाने ठाउँमा खान गएको बेला संख्या कम देखेर उनीहरुले आक्रमण गरे ।' उनका अनुसार आक्रमण भएको बेला धर्नामा २०÷२५ जना मात्र थिए । आक्रमणकारी एउटा भारतीय ट्रक निकाल्न सफल भएको पटेलले बताए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका पर्सा संयोजक प्रदीप यादवले सीमा पारिवाट आएका अराजक ब्यक्तिहरुले आक्रमण गरेको प्रतिक्रिया दिए ।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget