कलैयामा गोली चल्यो, एमाले र कांग्रेसको पार्टी कार्यालयमा तोडफोड, अवस्था तनावग्रस्त


काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कलैयास्थित कांग्रेस र एमालको जिल्ला पार्टी कार्यालयमा तोडफोडको प्रयास गरेका छन् ।

मधेसी मोर्चाका कार्यकर्ताले आज यस क्षेत्रमा लाठी जुलुस निकालेका थिए । हातमा लाठी समातेका आन्दोलनकारी कलैयास्थित कांग्रेस र एमालको जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्न गघि बढेपछी स्थिति तनावग्रस्त भएको हो ।

प्रहरीले प्रदर्शनकारीलाई भगाउन १ राउण्ड हवाई फायर र ७ राउण्ड अश्रु ग्यास चलाएको छ  । गाउँ गाउँबाट आएका हजारौं मोर्चाका कार्यकर्ताले कलैया नगरमा प्रदर्शन गर्दै प्रहरीमाथि ढुंगामुडाको पनि प्रयास गरेका थिए।

आन्दोलनकारीले मोतीवागमा रहेको कांग्रेस पार्टी कार्यालयमा ढुंगामुडा र तोडफोड गरेपछि पन्नावागमा रहेको एमाले कार्यालयमा तोडफोडको प्रयास गरेका थिए । प्रत्येक आन्दोलनकारीले धारिलो हतियार, खुकुरी, भाला र  लाठी बोकेका थिए ।
dcnepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget